election background

प्रतिनिधि सभा निर्वाचन २०८२

होली खेल्दा सावधानी अपनाऔं

होली खेल्दा सावधानी अपनाऔं
फाइल तस्बिर।

प्राचीन वा प्राकृतिक कालमा होली तथा दैनिक जीवनमा फूल र रुखबाट प्राप्त रंग प्रयोग हुन्थ्यो र शरीरलाई हानि गर्देनथ्यो । हाल कृत्रिम रंगको बोलवाला छ । रसायन मिसाइएका रंग फोक्सो, छाला, आ“खा, नाक, कान, घा“टी, कपालका लागि हानिकारक हुन्छन् ।

त्यस्तै लोला प्रहारले आ“खामा क्षति, दृष्टि गुम्ने, कानको पर्दा च्यातिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति प¬ग्ने र कान तथा संवेदनशील अंगहरूमा लाग्दा घाइते, बेहोस हुने तथा ज्यानै जानेजस्ता दुःखद् घटनाहरू पनि भएका छन् । मदिरा, भाङजस्ता नशालु पदार्थ सेवन पछि होली खेल्दा जोसले रंग आ“खा, नाक, म¬ख हुदै शरीरभित्र पस्नसक्छ । श्वासनली, मुटु, मिर्गाेलाजस्ता संवेदनशील अंगमा गएर टाँसिन्छन् । पेस्ट, ड्राई पाउडर र पानीवाला गरी तीन श्रेणीका रंग हुन्छन् । रंगलाई तेलमा मिसाएर छालामा लगाउँदा झनै समस्या बढ्छ । धेरैजसो अजैविक स¬क्खा रंग वा अबिरमा हुने दुवै तत्त्व रंग दिने कलरेन्ट र अस्वेस्टस वा सिलिका दुवै स्वास्थ्यका लागि जोखिम हुन्छन् । कलरेन्ट पनि विषाक्त हुन सक्छ । तर अस्वेस्टसले क्यान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य आम मानिसमा सर्वविदितै छ । 

रगंमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रंग र वस्तु मिसाइँदा रंग दिनप्रतिदिन खतरा र हानिकारक भइरहेका छन् । रंग धेरै दल्दा सुन्दरतामा असर परी सुन्दरता नै गुम्न सक्दछ । त्यसैमा रसायन मिसिएका रंगमा हने हानिकारक तत्त्वहरूले विभिन्न छाला, आ“खा सम्बन्धित अल्पकालीन तथा दीर्घकालीन समस्या र रोगहरू लाग्न सक्छ । छाला शरीरको रंकवच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ । तसर्थ छालामा घाउ भएका मानिसले होली नखेल्दा राम्रो हुन्छ । रंगमा मिसाइने जिंक क्लोराइड स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छन् । यस्तो रंग दलेपछि छाला चिलाउँछ । 

आँखा सुन्निने, रातो वा एलर्जी हुने, मिर्गौलालाई हानि गर्ने तथा गर्भावस्थामा भए गर्भपतन, कम तौल वा समयभन्दा पहिला बच्चा जन्मने तथा आयु घटाउने लिड अक्साइड (कालो रंगको लागि ) प्रयोग गरिन्छ । आ“खा बिझाइरहने, आसु झर्ने, एलर्जी, बिझाइरहने र क्षति गर्ने तथा बच्चाको हाड कम विकसित तथा पेटको बच्चालाई घातक असर गर्ने  कपर सल्फेट (हरियो रंग दिन) प्रयोग हुन्छ । आ“खाको एलर्जी, सासमा असर पार्ने तथा दमका रोगीलाई झनै समस्या थप्ने क्रोमियम आयोडाइड (हल्का बैजनी वा भण्टा रंग दिन) प्रयोग हुन्छ । डर्माटाइटिस, परेला सुन्निने, फोका आउने, अस्थायी दृष्टिविहीन, सम्पूर्ण छालामा असर कन्ट्याक्ट डर्माटाइटिसले पर्सियन ब्लु (नीलो रंग दिन) प्रयोग हुन्छ ।  दृष्टि कम गर्ने, पÔघात, छालाको क्यान्सर र गर्भको बच्चाको स्नायु प्रणालीमा असरका साथै मृत्यृको मुखसम्म पु¥याउने मर्करी सल्फेट (रातो रंग दिन प्रयोग हुने) गरिन्छ ।

आँखाको नानीको जलनदेखि अन्धोपन, क्यान्सर निम्त्याउने अल्मुनियम ब्रोमाइड (चाँदी वा सिल्भर रंग दिन) प्रयोग हुन्छ । यी सबैले पनि स्वास्थ्यमा हानि गरेको पाइन्छ । रंगमा मिसावटका साथै अप्राकृतिक रंग, पेट्रोलियम पदार्थ आँखामा पर्न गए सदाका लागि दृष्टि गुम्न सक्छ । लोला वा बेलुन प्रहारले सामान्य आँखा सुन्निनेदेखि आँखाभित्र रगत आउने, मोतीयाबिन्दु, लेन्सले ठाउ छोड्ने, दृष्टिपर्दा च्यातिने, नसा सुक्ने, जलविन्दु र सदाका लागि दृष्टिविहीन हुन सक्छ । 

अबिरमा टल्कम पाउडर वा अरारोट पाउडरजस्तो प्रयोग हानिरहित हुन्छन् । सुक्खा र गिला रंगले दम बढाउने, ब्रोङकाइटिस हुने गर्दछ । कपाल फुट्ने, खस्रो र जर्रो बनाउँछ । रंगले छालामा एलर्जी भइपोल्ने, फोका उठ्ने, एक्जेमा–छाला चिलाउने, घर्Èण भई जलन र घाउखटिरा आउने, छाला सुक्खा हुने, फुट्ने, रगत आउने, छालाको रंगमा परिवर्तन, घाममा रंग दलिँदा छालामा टाँसिई छालाको बाहिरी र भित्री तहमा क्षति र दीर्घकालीन संक्रमण गराउन सक्छ । रंग आ“खामा पर्दा आखा“मा क्षति, कन्ज टाइभाइटिस, रातो हुने, दुख्ने, बिजाउने, चिलाउने, कम देख्ने, फुलो पर्ने तथा अन्धो हुनेसम्मका समस्याहरू देखिन्छन् । घाम लागेको बेलामा रसायन मिसिएका · अनुहारमा दल्दा छालामा दीर्घकालीन असरहरू देखिन्छन् । त्यसैमा मोबिल, अन्डा, इनामेल, मट्टीतेल र फोहोरपानीको प्रयोग बढ्दो छ जस्ले उत्पन्न गराउने समस्या र रोग झनै अनगिन्ती छन् । तसर्थ होलीमा रङ थोरै रमाइलो धेरै गरौं । 

सकेसम्म घरको प्राकृतिक रंगजस्तै पलासको फूलबाट बनाउने र प्रयोग गर्ने गर्नुपर्छ । राम्रो रंग गिर्खा वा दाना नभई पाउडर जस्तो हुन्छ । राम्रो गुणस्तरको पानीमा घुलनशील, शुद्ध, उत्तम र केवल रंगको प्रयोग गर्नुपर्छ । स्थायी रंगले छाला सुक्खा बनाउने भएकाले प्रयोग नगरौ । गोल्डेन, सिल्भर रंग तथा सिलिका मिसाइएका रंग प्रयोग गर्नुहुँदैन । रंग पानीसँग मिसाएर प्रयोग गर्नुहुँदैन । रंगसँगै लामो समय बस्नु हुँदैन, सफा पानीले पटकपटक पखालिरहने गर्नुपर्छ । रंगलाई बढी गाढा बनाउने निहुमा तेजावी, कृत्रिम रंग थप्न हुँदैन । रंग लगाउँदा आ“खा, मुख बन्द गर्ने, कृत्रिम रंग, फोहोर पानी, बेलुनको प्रयोग नगर्ने गर्नुपर्छ । 

होली खेल्नुअघि अनुहार र हातमा तेल, मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनु पर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइटफिट चस्मा लगाउन सकिन्छ । चिल्लो र म्वास्चराइजर क्रिमको प्रयोग, औÈधि भएको, खस्रो, साबुन प्रयोग नगर्ने, ग्लेसेरिन भएको साबुन प्रयोग, तोरी र सस्र्युको तेलको सट्टा नरिबलको तेल प्रयोग गर्नुपर्छ । कपालको चमकता कायम राख्न एक चम्चा सिरकामा ३ चम्चा तेल मिसाएर दल्नुपर्छ । छाला बारम्बार साबुनले नधुने गर्नुपर्छ किनभने धोएमा छाला पोल्छ । छाला र अनुहारको रंग हटाउन रुवा, कपासको सहयोगले नरिबल तेल लगाउन¬पर्छ । यस्तो बेला चिसो पानीमात्रै प्रयोग गर्ने र नुहाएपछि मोइस्चराइजर लगाउन¬पर्छ । गोरा र सेन्सिटिभलाई घामबाट हुने फोटोडर्माटाइटिसवाट जोगाउन सनक्रम प्रयोग गर्नुपर्छ । 

आँखामा रंग पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा क्षति हुन्छ तसर्थ नमाडी सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ । यति गर्दा पनि आ“खा बिजाउन, पोल्न छोड्दैन, रातोपना बढ्दै जान्छ, वा दृष्टिपना कम हुँदै गए नेत्र चिकित्सकलाई देखाई हाल्नुपर्छ । त्यस्तै ज्वरो आए, श्वास फेर्न गाह्रो भए, छाती दुखे वा कस्सिए जस्तो भए रंग फोक्सोमा पुगेको र संक्रमण हुन सक्ने भएकाले तुरुन्त चिकित्सकसँग सल्लाह लिनु पर्दछ । एलर्जी गराएको क्रिम तथा कस्मेटिक प्रसाधनहरू उपचारपश्चात पनि कहिल्यै प्रयोग गर्नु हुँदैन । पेट्रोलियम पदार्थ प्रयोग गर्नु हँुदैन । मोबिल र इनामेल हटाउन टरपेन्टाइन तेल प्रयोग गर्नुपर्छ । 

अन्त्यमा, रंगहरूको पर्व होलीको ऐतिहासिक, सांस्कृतिक र प्राचीन महत्त्व आफ्नै ठाउँमा छ । खुसी, उमंग, सद्भाव र एकताको पर्वमा रूपमा मनाउने गरिन्छ । होलीमा हुने होहल्ला, मापसे, ट्राफिक नियमको उल्लंघन र जबर्जस्ती कानुनी तथा मानवीय दुवै हिसाबले ठीक नभई अत्यन्तै घातक विकृति हो । होलीमा आवेशमा आएर लापरबाही नगरौं । दुर्घटना र नकारात्मक असर पर्ने गरी होली नखेलौ । रंगको होली अस्थायी हो उपचार गरे ठीक हुन्छ । तर आबेग तथा लापरबाहपूर्वक खेलिएको होली खतरनाक हुन सक्छ । त्यसैले सावधानीपूर्वक होली खेलौं । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.