दाउन्नेमा सास्ती, घण्टौँ जाममा फसे यात्रु (तस्बिरहरू)

दाउन्नेमा सास्ती, घण्टौँ जाममा फसे यात्रु (तस्बिरहरू)

नवलपुर : सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बिहीबार अपराह्न र शुक्रबार बिहान वर्षा भएपछि दाउन्नेमा बाटो चिप्लो हुँदा यातायातका साधन सहज रूपमा चल्न सकेका छैनन् । जसका कारण घण्टौँ जाममा बस्न यात्रु बाध्य भएका छन् । 

null

भैरहवाबाट बिहीबार बिहान हिँडेका नवलपुर प्रगतिनगरका दिपक भट्टराईले ११ घण्टा जाममा बसेपछि बल्ल दुम्किवास आइपुगेको बताए । उनले भने,‘दाउन्ने काट्न १० देखि १२ घण्टा लाग्यो, यात्रुहरूको कन्तबिजोक छ ।’  उनले बाटो चिप्लो भएका कारण यातायातका साधन चल्न निकै मुस्किल भएको बताए ।  बाटो बिस्तारको क्रममा ठाउँठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले पानी परेपछि बाटोमा हिँड्न निकैंनै कठिनाइ भएको हो  । सयौँ यातायातका साधन र यात्रुहरू बिहीबारदेखि नै जाममा छन् । 

null

सडक निर्माणका लागि बुधबारदेखि राति ११  देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आइएको छ । तर वर्षाका कारण यो तालिका समेत प्रभावित बनेको छ ।  बाटो बिग्रँदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ । सडक अवरुद्ध भएका कारण सवारी साधनहरू लामो समयदेखि जाममा बस्न बाध्य भएका छन् । जसका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ ।

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.