उत्तर कोरियाको युद्धपोत प्रक्षेपण समारोहमा गम्भीर दुर्घटना, किम जोङले भने- 'आपराधिक कार्य'

उत्तर कोरियाको युद्धपोत प्रक्षेपण समारोहमा गम्भीर दुर्घटना, किम जोङले भने- 'आपराधिक कार्य'

काठमाडौं : उत्तर कोरियाको एक नयाँ नौसैनिक विध्वंसक जहाजको प्रक्षेपण समारोहमा गम्भीर दुर्घटना भएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनालाई 'आपराधिक कार्य' भनेर टिप्पणी गरेका छन्। सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले बुधबार यो जानकारी दिएको हो।

पूर्वी उत्तर कोरियाको चोङजिन बन्दरगाहमा आयोजित समारोहमा पाँच हजार टन क्षमताको नयाँ युद्धपोत प्रक्षेपणको प्रयास गरिएको थियो। सो क्रममा 'गम्भीर दुर्घटना' भएको बताइएको छ। केसीएनएका अनुसार युद्धपोतको तल्लो भागमा क्षति पुगेको र सन्तुलन समेत गुमेको जनाइएको छ।

किमले उक्त दुर्घटनाको कारण 'अनुभवहीन कमान्ड' र 'सञ्चालनमा देखिएको लापरबाही' भएको भन्दै तीव्र आलोचना गरेका छन्। उनले यो घटना सहन योग्य नभएको चेतावनी दिँदै यसलाई 'पूर्ण लापरबाहीबाट उत्पन्न आपराधिक कार्य' को संज्ञा दिएका छन्।

उत्तरदायी अधिकारीहरूको गल्तीबारे उनले पार्टीको आगामी केन्द्रीय समितिको पूर्ण बैठकमा विशेष रूपमा छलफल गरिने बताएका छन्। यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले बिहीबार जापान सागर (उत्तर कोरियाले पूर्वी सागर)तर्फ धेरैवटा अज्ञात क्रुज मिसाइलहरू प्रक्षेपण गरेको जानकारी दिएको छ। यी मिसाइलहरू दक्षिण हाम्ग्योङ प्रान्त नजिकैबाट प्रक्षेपण गरिएको बताइएको छ।

दक्षिण कोरियाको संयुक्त चिफ्स अफ स्टाफ (जेसीएस)का प्रवक्ता ली सुङ जुनले उत्तर कोरियाको यो प्रक्षेपण प्रयासलाई 'साइड-लन्च विधि' प्रयोग गरिएको असफल प्रयास भएको बताएका छन्। उनका अनुसार दक्षिण कोरियाली सेनाले यस्ता विधि हाल प्रयोग गर्दैन।

लीले थपे, 'प्राप्त सूचनाअनुसार युद्धपोत हाल पानीमा ढलिरहेको अवस्थामा देखिएको छ। यसको बनावट र आकारका आधारमा यो चो ह्योन नामक पाँच हजार टन क्षमताको विध्वंसक वर्गको जहाज भएको अनुमान गरिन्छ।

गत महिना, सरकारी मिडियाले नेता किम जोङ उनले आफ्नी छोरी जु एइ सँगै चो ह्योन युद्धपोतको उद्घाटन समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेको थियो। धेरै विश्लेषकले जु एइलाई किमको सम्भावित उत्तराधिकारीका रूपमा लिएका छन्।

उत्तर कोरियाले चो ह्योनलाई 'सबैभन्दा शक्तिशाली हतियारले सुसज्जित युद्धपोत' भएको दाबी गर्दै, यो अर्को वर्षको सुरुतिर सञ्चालनमा आउनेछ भनेको थियो।

कतिपय विश्लेषकहरूले उक्त जहाज छोटो दूरीको सामरिक मिसाइलहरू बोकेर आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्षम हुनसक्ने बताएका छन्। यद्यपि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागारलाई सानो बनाउने क्षमता छ भनेर प्रमाणित गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.