उत्तर कोरियामा प्रक्षेपणका क्रममा युद्धपोत भाँचियो, तीन अधिकारी पक्राउ
काठमाडौं : उत्तर कोरियामा प्रक्षेपणका क्रममा युद्धपोतको एक भाग भाँचिएको छ। उत्तर कोरियाको सरकारी मिडियाका अनुसार बुधबार नयाँ युद्धपोतको प्रक्षेपणको क्रममा भएको दुर्घटनाको आरोपमा तीन शिपयार्ड अधिकारीलाई पक्राउ गरेको छ।
करिब पाँच हजार टन तौल भएको जहाजको तल्लो भाग प्रक्षेपणका क्रममा भाँचिएपछि युद्धपोतको सन्तुलन बिग्रिएको थियो।
युद्धपोतको प्रक्षेपणको क्रममा भएको घटनाको अनुसन्धान सुरु भएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले घटनालाई आपराधिक कार्यको रूपमा वर्णन गरेका छन्।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले पक्राउ परेकाहरुमा उत्तर कोरियाको चोङजिन शिपयार्डका प्रमुख इन्जिनियर रहेको जनाएको छ।
युद्धपोत चोङजिन शिपयार्डमा नै निर्माण गरिएको थियो। शिपयार्डका निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ।
राज्य सञ्चालित मिडिया रिपोर्टका अनुसार ती तीन जना दुर्घटनाका लागि जिम्मेवार थिए।
प्रतिक्रिया दिनुहोस !