उत्तर कोरियाको युद्धपोत प्रक्षेपण प्रकरणमा वरिष्ठ अधिकारी पक्राउ, हुनसक्छ मृत्युदण्ड

उत्तर कोरियाको युद्धपोत प्रक्षेपण प्रकरणमा वरिष्ठ अधिकारी पक्राउ, हुनसक्छ मृत्युदण्ड
सुन्नुहोस्

उत्तर कोरिया : उत्तर कोरियाले हालै असफल युद्धपोत प्रक्षेपणका लागि जिम्मेवार ठहर गर्दै सत्तारूढ वर्कर्स पार्टीका एक वरिष्ठ अधिकारीलाई पक्राउ गरेको छ।

सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार हतियार उद्योग विभागका उपनिर्देशक री ह्योङ-सनलाई गत हप्ता 'गम्भीर दुर्घटनाको लागि ठूलो मात्रामा जिम्मेवार' ठहर गर्दै हिरासतमा लिइएको हो।

५,००० टन क्षमताको युद्धपोत (ध्वंसकारी जहाज) प्रक्षेपणको क्रममा पल्टिएको थियो र जहाजको ढाँचामा गम्भीर क्षति पुगेको थियो। उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनालाई 'आपराधिक कार्य र राष्ट्रको मर्यादा र गौरवमा गम्भीर क्षति पुर्‍याउने' भनेर टिप्पणी गरेका छन्। केसीएनएका अनुसार युद्धपोतलाई अब एक विशेषज्ञ टोलीको निर्देशनमा मर्मत गरिँदैछ।

पार्टीको केन्द्रीय सैन्य आयोगका सदस्यसमेत रहेका री, हालसम्म उक्त घटनामा पक्राउ परेका सबैभन्दा उच्चपदस्थ अधिकारी हुन्। 

यसअघि उक्त विनाशक जहाज निर्माण गरिएको उत्तरी चोङजिनस्थित शिपयार्डबाट तीन अन्य अधिकारीहरूलाई पनि हिरासतमा लिएको थियो। तीमध्ये प्रमुख इन्जिनियर, निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धक रहेका छन्।

पक्राउ परेका अधिकारीहरूलाई कस्तो सजाय दिइने हो भन्ने खुलाइएको छैन। तर, उत्तर कोरियामा यस्ता घटनामा संलग्न ठहरिएकाहरूलाई जबरजस्ती श्रमदेखि मृत्युदण्डसम्मको सजाय हुने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.