१७ वर्षका नाबालिगले गरे ४० वर्षीया सौतेनी आमासँग भागेर विवाह

१७ वर्षका नाबालिगले गरे ४० वर्षीया सौतेनी आमासँग भागेर विवाह

काठमाडौं : हरियाणाको नुह जिल्लामा सम्बन्धलाई लाजमर्दो बनाउने एउटा घटना बाहिर आएको छ। यहाँका एक युवक आफ्नी ४० वर्षीया सौतेनी आमालाई लिएर भागेका छन्। घटना गाउँका सम्पूर्ण क्षेत्रमा चर्चाको विषय भनेको छ।  

केटाका बुबाले प्रहरीमा उजुरी दिएका छन्। उनले आफ्नो पहिलो श्रीमतीको मृत्यु भएपछि  दोस्रो विवाह गरेको बताए। उनी दोस्रो श्रीमतीसँग १५ वर्षदेखि बस्दै आएका थिए।  

केटाका बुबाले केही महिनाअघि आफ्नी पहिलो श्रीमतीबाटका छोरालाई घरमा ल्याएको बताए। छोराले सौतेनी आमालाई आमा भनेर बोलाउँथ्यो र खुट्टा छोएर आशीर्वाद लिने गरेको उनले बताए। तर दुई जनाबीच प्रेम सम्बन्ध रहेको कसैलाई पनि थाहा थिएन।  

केही दिनअघि अचानक दुवै जना भागेका हुन्।   केटाका बुबाले प्रहरी कार्यालयमा सम्पर्क गर्दा दुवैले अदालतमा विवाह गरिसकेको थाहा भयो।  
उनले आफ्नो छोरा १७ वर्षको नाबालिग भएकाले विवाह अवैध भएको बताए। तर प्रहरीले केटाले अदालतमा आफू वयस्क भएको प्रमाण दिएको बताएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

यस्तै केटाका बुबाले आफ्नो श्रीमतीले ३० हजार रुपैयाँ नगद, चाँदीको पाउल, सुनको झुम्का, हातको औंठी र चाँदीको ब्रेसलेट लगेके बताए।  उनले घटनामा कडा कानुनी कारबाही गर्न प्रशासनसँग माग गरिरहेका छन्। –एजेन्सीबाट

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.