‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली भाषा, संस्कार र संगीतलाई विश्व मञ्चमा चिनाएको छ’

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली भाषा, संस्कार र संगीतलाई विश्व मञ्चमा चिनाएको छ’
तस्बिर : सभामुख सचिवालयबाट
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कलाकारिताको माध्यमबाट संसारभर छरिएर रहेका नेपालीहरूले नेपालीपनको परिचय दिन सक्ने बताएका छन्। ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सञ्चालित पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तर्क्रिया गर्दै उनले कलाकारले नेपाली भाषा, संस्कार र सङ्गीतलाई विश्व मञ्चमा चिनाउने बताएका हुन्। 

कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। 

उनले भने, ‘यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कार र संगीतलाई प्रवास मात्र होइन, विश्व मञ्चमा पनि पहिचान दिलाउने अवसर प्रदान गरेका छन्।’ उनले नयाँ पुस्तामा नेपाली भाषा र सांस्कृतिक गर्वको भावना जागृत गराउन यस्ता सिर्जनात्मक प्रयास प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले भने, ‘प्रवासमा रहेका नेपालीको सामाजिक एकता, सांस्कृतिक संरक्षण र मुलुकको विकासमा हुने योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ।’null

सभामुख घिमिरे सिंहदरबारमा निमार्णाधीन नयाँ संसद भवनबाट सभा सञ्चालन गर्न अझै केहि समय लाग्ने बताए। उनले कलाकारहरुलाई सांसदहरुको संख्या र पुरानो भवनबाट सभा सञ्चालन गर्न असम्भव भएका कारण बानेश्वरको सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसदको सभा सञ्चालन भइरहेको जानकारी गराए।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका कार्यकारी निर्देशक चुणामणि भट्टराईले दक्षिण अफ्रिका र अन्टार्कटिकाबाहेक संसारभरका नेपालीहरू यस अभियानसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको जानकारी दिए। उनले भने, ‘करिब ६० मुलुकका नेपालीले यसमा योगदान गरेका छन्। २३ मुलुकका नेपाली मूलका कलाकार नेपाल आउनुभएको थियो। अहिले पनि ७ मुलुकका कलाकार उत्कृष्ट १० भित्र छनोट भएका छन्।’

इन्ट्रा फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले दुवै रियालिटी शोमार्फत विश्वभर रहेका नेपाली समुदायका कला, प्रतिभा र सांस्कृतिक सम्पदालाई अन्तरर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यमा सफलता प्राप्त गरेको बताए। 

कार्यक्रममा दुवै रियालिटी शोमा उत्कृष्ट १० मा पर्न सफल कलाकार, प्रशिक्षक, कोरियोग्राफरलगायत ४० भन्दा बढी प्रतिनिधि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.