‘क्याप्टेन साब’ भव्य सेटमा
काठमाडौं : चलचित्र ‘क्याप्टेन साब’को भव्य सेट तयार गरेर छायांकन भइरहेको छ । काठमाडौंको तीनकुनेमा सेट तयार गरेर चलचित्रको छायांकन
विसं २०३० र ४० मा काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार गरेर काठमाडौंको तीनकुनेमा ‘क्याप्टेन साब’को छायांकन
वि.सं २०३० र ४० को दशकमा काठमाडौंमा कस्ता घर थिए भन्ने सेटमा देखिएको छ । एकै खालका सेता तर पुराना जोडिएका घर सेटमा देखिने निर्माणपक्षले जनाएको छ ।
‘काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौं पक्की नयाँ घर त बनाउन सक्दैनौं । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौं’, निर्देशक दीपेन्द्र के खनालले भने, ‘त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्युम डिजाइन गरेका छौं ।’ चिट गरेजस्तो नदेखिने गरी काम गरिएको उनले बताए ।
सेटको तस्बिरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारी साधन, खर्पन र डोकोमा ब्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कस्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने पहिरन जस्तै देखिएको छ ।
‘जुन कालखण्डको कथा हामी भन्दैछौं, त्यही समय देखाउने हाम्रो प्रयास हो । हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौं’, निर्देशक खनालले भने, ‘त्यसैले हामी सेट लगाएर काम गरिरहेका छौं ।’
चलचित्र ‘क्याप्टेन साब’को साउन १० गतेदेखि छायांकन सुरु भएको छ । काठमाडौंसँगै काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगञ्जमा छायांकन हुनेछ ।
दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामे˘वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामे˘वर व्यवसायी तथा सञ्चार उद्यमी पनि हुन् ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्रसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।
निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको चलचित्रलाई कृष्णबहादुर थापाले खिचिरहेका छन् । सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !