दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु
जाजरकोट : जाजरकोटको भेरि नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति एम्बुलेन्स दुर्घटना भएको छ।
दुर्घटनामा चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय शुनिल चनाराको मृत्यु भएको प्रहरीले जनाएको छ।
भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको भे१च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जानकारी दिए।
अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउन थालिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !