छायाँनाथ रारा नगरपालिकामा तालाबन्दी
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकामा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ। मेयर विष्णुकुमार भामले बजेट सभामा एजेण्डामाथि छलफल नगराएर छलकपट, जालझेल गरेको आरोप लगाउँदै वडा अध्यक्षहरूले अनिश्चितकालका लागि नगरपालिकामा तालाबन्दी गरेका हुन्।
१४ वडाका अध्यक्षमध्ये ३ जना जिल्ला बाहिर भएकाले ११ जना वडा अध्यक्षले मेयर भामले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि विपरीत एजेन्डा प्रस्तुत र छलफल नगराएको भन्दै अनिश्चितकालका लागि नगरपालिका तालाबन्दी गरिएको वडा अध्यक्षहरूले बताएका छन्।
नगरपालिकाबाट अन्य पालिकामा सरुवा भएर जाने वडा सचिवहरूलाई मिलोमोतोमा रमानपत्र दिएकाले सामाजिक सुरक्षा भत्ता र वडाको दैनिक कामकाजमा ठप्प भएकाले तालाबन्दी गर्नुपरेको छायाँनाथ रारा नगरपालिका—२ का वडा अध्यक्ष परेक राज चौलागाईले बताए।
तर मेयर भामले आफूले कार्यविधि विपरीत कुनै निर्णय नगरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !