कर्णाली प्रदेशको आर्थिक सूचकमा सुधारको संकेत

कर्णाली प्रदेशको आर्थिक सूचकमा सुधारको संकेत
फाइल तस्बिर।
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले पछिल्लो समय आर्थिक सूचकांकमा सकारात्मक परिवर्तन देखाउँदै अगाडि बढिरहेको छ । प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले सरकारका नीति, कार्यान्वयन र पारदर्शिताका क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने प्रयत्न गरिरहेका छन् ।  उनले बजेट खर्चमा सुधार, योजनाको छनोटमा पारदर्शिता र प्राथमिकतामा आधारित नीति निर्माणलाई मुख्य प्राथमिकता दिएका हुन् ।  

मुख्यमन्त्री कँडेलले समग्र बजेट प्रणालीमा सुधार ल्याउन बजेट कार्यान्वयनमा पूर्वाधार तयार गर्ने, योजना छनोटमा राजनीतिक पहुँचभन्दा विकास आवश्यकतालाई आधार बनाउने र योजना बैकमार्फत बजेट विनियोजन गर्ने र स्रोत सुनिश्चितताबिना योजनाअघि नबढाउने स्पष्ट नीति लिएको बताए ।  

उनले भने, ‘अब पहुँचका आधारमा योजना नछानिने र प्लानिङ विदाउट फन्डिङ’ अन्त्य गरिएको छ ।  योजनाहरू समयमै टेन्डर प्रक्रियामा लैजाने र कार्य सम्पन्न हुने सुनिश्चिततासाथ योजना अघि बढाइएको छ ।  सरकारले विगतभन्दा सुधारका भरपुर प्रयास गरिरहेको छ । ’

यस्तै, प्रदेश सरकारले खर्चको पारदर्शिता र बजेट कार्यान्वयनमा अनुगमन प्रणालीलाई सुदृढ बनाएको छ ।  चालु आर्थिक वर्षमा सरकारको ध्यान मितव्ययी खर्च र प्राथमिकताअनुसार बजेट विनियोजनमा केन्द्रित देखिएको छ ।  मुख्यमन्त्री कँडेलको निर्देशनमा भ्रमण भत्ता, औपचारिक कार्यक्रमहरूमा अत्यधिक खर्च, अनावश्यक क्रियाकलापहरूमा रोक लगाइएको छ ।  यसले वित्तीय अनुशासनमा सरकारको सक्रियता देखिएको छ ।  प्रदेश सभा सदस्य दक्षिणा शाहीले भनिन्, ‘अहिलेको सरकारले कर्णालीमा थिति बसालिरहेको छ ।  चाहे त्यो योजना तर्जुमा, बजेट विनियोजन, सार्वजानिक सेवा र अन्य सवालहरूमा सरकारको कदम आशा लाग्दो छ । ’

सरकारले गत आर्थिक वर्षसम्मको खर्चको अवस्था हेर्दा बर्सेनि बजेट कार्यन्वयनमा सुधार हुँदै गएको देखिन्छ ।  बजेटै खर्च नसक्ने प्रदेशका रूपमा चिनिएको कर्णालीले गत आर्थिक वर्षमा ६५ प्रतिशत बजेट खर्च गरेर लक्ष्यको नजिक पुगेको थियो ।  त्यसअघिका आर्थिक वर्षहरूमा लक्ष्य ८० प्रतिशत लिए पनि ६० प्रतिशतभन्दा कम बजेट खर्च हुँदै आएको थियो ।  मुख्यमन्त्री कँडेलको नीतिअनुसार कृषि अब जीविकोपार्जनको साधनमात्र नभई आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड बनाइँदै छ ।  सरकार कृषि पञ्जीकरण, सहुलियत ऋण, बीउ तथा मलको सुनिश्चितता, सिँचाइ पूर्वाधार निर्माण र कृषि सहकारीको मजबुतीकरणतर्फ उन्मुख भएको छ ।  उनले कुनै पनि राजनीतिककर्मीले विकास आफूले ल्याएको ल्याएको भन्ने गलत भाष्यको अन्त्य गर्न सरकारले नीति लिएको बताए ।  

सबै प्रकारका योजनाहरू प्रदेश योजना आयोगको सिफारिस, स्थानीय तहबाट आएको प्राथमिकता र मन्त्रालयको कार्यसूचीलाई मिलाएर कार्यक्रम स्वीकृति दिइने प्रक्रिया सुरु गरिएको छ ।  यसले बजेटको कार्यान्वयन दर बढाउने मात्र होइन, योजना सम्पन्न हुने सम्भावनालाई समेत सुनिश्चित बनाएको छ ।  विगतमा कार्यन्वयन गर्न नसकिने योजनाहरूमा बजेट विनियोजन हुँदा पनि सरकारले लक्ष्यअनुसार खर्च गर्न नसकेको अवस्था हो ।  प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री शेरबहादुर बुढाले निर्माण व्यवासयीको लापरबाहीले समयमै काम नगरिदिँदा पनि बजेट खर्च लक्ष्यअनुसार नभएको बताए ।  उनले भने, ‘प्रदेशमा दर्जनौं ठूला आयोजनाहरूमा निर्माण व्यवसायीले समयमै काम गरिदिएनन् ।  काम नगर्ने ठेकेदारविरुद्ध कानुनी उपचार थालिएको छ ।  विगतको वर्षभन्दा चालु आर्थिक वर्षमा पुँजीगत खर्चमा उल्लेख्य सुधार हुने लक्ष्य लिएका छौं । ’

यस्तै, कर्णाली प्रदेशमा योजनाहरूको कार्यान्वयनको गति सुधार भइरहेको भए पनि अझै पनि योजना प्रारम्भमै असफल हुने, सम्पन्न नहुने र विगतका अधुरा आयोजनाहरूको हिसाब माग्नुपर्ने अवस्था छ ।  प्रदेश योजना आयोगका सदस्य डम्बर रावलका अनुसार योजनाका मूल्यांकन, ट्याकिङ र अनुगमन प्रणाली अझ मजबुत बनाइनु आवश्यक छ ।  यसले पहुँचका आधारमा बनाइएका योजनाको छेकबार जनताको आवश्यकता र मागका आधारमा बनाइएका योजनाहरूको कार्यन्वयन गर्न सहजता हुनेछ ।  अहिले प्रदेश योजना आयोगले सन्तुलित तथा क्षेत्रीय न्यायको सवाल, आत्मनिर्भर र समावेशी आर्थिक विकासको बाटोमा योजना तर्जुमा गर्ने कार्यलाई अगाडि बढाइरहेको छ ।  यसले केही वर्षभित्रै प्रतिफल आएको अनुभूति गर्न सकिनेछ ।  


    बजेटै खर्च नसक्ने प्रदेशका रूपमा चिनिएको कर्णालीले गत आर्थिक वर्षमा ६५ प्रतिशत बजेट खर्च गरेर लक्ष्यको नजिक पुगेको।
    योजनाहरू समयमै टेन्डर प्रक्रियामा लैजाने र कार्य सम्पन्न हुने सुनिश्चिततासाथ योजना अघि बढाउनेमा जोड दिइँदै।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.