कर्णालीको विकास र समृद्धिमा कर्णालीवासीको सहकार्य अपरिहार्य : मुख्यमन्त्री कँडेल
दैलेख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास र समृद्धिको यात्रामा कर्णालीवासीको सहकार्य अपरिहार्य रहेको बताएका छन्। कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन्।
कर्णाली अझै पनि भौगोलिक विकटता, पूर्वाधारको कमी स्वास्थ्य तथा शिक्षा सेवामा असमानता, रोजगारी अभाव जस्ता चुनौतीबीच उभिएको उनको भनाइ छ।
‘यी चुनौतीलाई अवसरमा बदल्ने दृढ संकल्प हामीसँग छ। सुशासन र सामाजिक न्यायका आधारमा कर्णालीलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन प्रतिबद्ध छौँ। यस यात्रामा सरकार मात्र होइन, सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण कर्णालीवासीको सक्रिय सहकार्य अपरिहार्य रहन्छ,’ मुख्यमन्त्री कँडेलले भने।
विकास, समृद्धि र सामाजिक न्याययुक्त कर्णाली साझा गन्तव्य रहेको बताउँदै मुख्यमन्त्री कँडेलले कर्णालीवासीको संयुक्त प्रयास, एकता र दृढ इच्छाशक्ति गन्तव्यसम्म पुग्ने मार्ग भएको औँल्याए।
प्रतिक्रिया दिनुहोस !