हाट बजार गएका लामाको लेक लागेर मृत्यु

हाट बजार गएका लामाको लेक लागेर मृत्यु

मुगु : हाट बजार गएका एकजनाको लेक लागेर मृत्यु भएको छ। तिब्बतको ह्याजीमोरामा सुरू भएको हाट बजारमा पुगेका मुगु कार्मारोङ गाउँपालिका-२ मुगुम गाउँका स्थानीय हाल जुम्ला जिल्ला चन्दनाथ नगरपालिका बसोबास गर्दै आएका अन्दाजी ४५ वर्षीय साग्वु लामाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।

गाउँलेसँग उक्त हाट बजारमा पुगेका लामालाई श्वासप्रश्वासमा समस्या भएपछि उद्दारका लागि स्रिम्रिक एयरको हेलिकोप्टरबाट बोलाएको थियो। तर,हेलीकोप्टर नपुग्दै लामाको मृत्यु भएको थियो। मृतकको परिवार जुम्ला भएकाले शव हेलिकोप्टरमार्फत जुम्ला लगिएको मुगुम कार्मारोङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुवाष रावले बताए ।

हरेक वर्ष साउन अन्तिम साता भदौको पहिलो साता नेपाल-तिब्बत सिमा क्षेत्रमा पर्ने तिब्बतको ह्याजीमोरामा हाट लाग्ने गर्दछ । यो हाटमा मुगुम कार्मारोङ गाउँपालिका१ देखि ८ वडा सम्मका स्थानीयहरू आफूलाई वर्ष भरी पुग्ने खाद्यान्न लत्ता कपडालगायत सामग्री खरिद गर्ने गर्दछन्।

स्थानीयहरू आफूले संकलन गरेका यार्सा,वनलसुन,जडिबुटीलगायत स्थानिय उत्पादन खाद्यान्न तथा लत्ता कपडा लगेर हाट बजारमा बेच्ने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.