उत्तर कोरियाली नेताको उत्तराधिकारी भनेर वर्णन गरिएकी किम जोङकी छोरी को हुन् ?

उत्तर कोरियाली नेताको उत्तराधिकारी भनेर वर्णन गरिएकी किम जोङकी छोरी को हुन् ?
सुन्नुहोस्

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनकी कान्छी छोरी किम किम जू आए उनको उत्तराधिकारी हुन सक्छिन्। यो सम्भावना दक्षिण कोरियाको गुप्तचर एजेन्सी नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस)ले व्यक्त गरेको छ।  

किम जोङ उन आफ्नो परिवारबारे धेरै गोप्यता राख्छन्। यस कारणले गर्दा उनको परिवारबारे धेरै कम जानकारी उपलब्ध छ। उनले विवाह पछि केही समयका लागि आफ्नी श्रीमती री सोल जुलाई पनि गोप्य राखे। उनी २०१२ मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परिन्।

दक्षिण कोरियाली मिडियाले यो जोडीले २००९ मा विवाह गरेको उल्लेख गरेका छन्। २०१० मा उनीहरूको एउटा बच्चा भएको थियो। उनी किम जू आए हुन् भन्ने विश्वास गरिन्छ।  

 
किम जू आए को हुन् ?

null
किम जू आएको नाम पहिलो पटक २०१३ मा सार्वजनिक भएको हो। अवकाशप्राप्त अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले उत्तर कोरियाको भ्रमण गरेका बेला उनको नाम सार्वजनिक भएको थियो। उनले आफूले किमको परिवारसँग समय बिताएको र बच्चाको नाम किम जू आए भनेको उल्लेख गरे।

सियोलको कुकमिन विश्वविद्यालयमा उत्तर कोरियाली राजनीतिमा अनुसन्धान गर्ने फ्योडोर ट्रेटिट्स्कीले उत्तर कोरियाली मिडियाले पनि उनलाई किम जोङ उनको छोरी भनेर सम्बोधन गर्ने गरेको तर उमेर वा नाम उल्लेख नगरेको बताए। 

उनी भन्छन्,ʻयसभन्दा बढी केही सार्वजनिक रूपमा पनि थाहा छैन।ʼ किम जू आए करिब १० वर्षकी भएको उनको अनुमान छ।  

गत वर्ष एनआईएसले दक्षिण कोरियाली नेताहरूलाई निजी रूपमा किम जू आएको नाम कुनै पनि शैक्षिक संस्थामा दर्ता नगरिएको भनेको थियो। उनी राजधानी प्योङयाङमा घरमै पढ्छिन्। उनी घोडा चढ्ने, पौडी खेल्ने र स्कीइङमा मन पराउँछिन्। एनआईएसको ब्रीफिङमा उपस्थित एक व्यक्तिले पत्रकारहरूलाई किम जोङ उन आफ्नी छोरीको घोडा चढ्ने सीपबाट सन्तुष्ट रहेको बताए।

एनआईएसले किम जू आएको एक जेठो भाइ र एक कान्छो भाइ वा बहिनी पनि छन्। तर उनीहरुको लिङ्ग एजेन्सीले पुष्टि गर्न सकेका छैनन्। यीनीहरु  कहिल्यै पनि सार्वजनिक रूपमा देखिएका छैनन्।

किम जू आएको पहिलो सार्वजनिक उपस्थिति

null
किम जू आए पहिलो पटक २०२२ मा सार्वजनिक रूपमा देखा परिन्। उनी आफ्ना बुबासँग मिसाइल परीक्षणको क्रममा देखा परेकी हुन्। यसपछि उनी आफ्ना बुबासँगै केही सैन्य र नागरिक कार्यक्रममा देखा परिन्।

उनी मे १ (२०२३) मा प्योङयाङको रंगशालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा आफ्ना बुबासँग देखिएकी थिइन्। यस कार्यक्रममा दुवैले एकअर्कालाई गालामा चुम्बन गरेका थिए।

डिसेम्बर (२०२३) मा उत्तर कोरियाको ठोस इन्धनमा आधारित अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र ह्वासोङ–१८ को परीक्षणको क्रममा दुवै देखिएका थिए। यो उत्तर कोरियाको सबैभन्दा लामो दूरीको क्षेप्यास्त्र हो।

नोभेम्बरमा जासूसी उपग्रह मालिग्याङ–१ को प्रक्षेपणको समयमा उनी आफ्ना बुबासँगै उपस्थित थिइन्। यो उपग्रहले किम जोङ उनलाई ह्वाइट हाउसको दृश्य दिएको उत्तर कोरियाको दाबी छ।

फेब्रुअरी २०२३ मा रेडियो फ्री एशियाले उत्तर कोरियाली सरकारले किम जू आएलाई आफ्नो नाम परिवर्तन गर्न आदेश दिएको उल्लेख गरेको छ।  किमको परिवारको सन्दर्भमा यो सामान्य कुरा भएको भनिएको छ।  

उत्तर कोरियाका पर्यवेक्षकहरूले किम जू आए लाई अब ʻप्रियʼको सट्टा ʻसम्मानित छोरीʼ भनेर चिनिने गरिएको उल्लेख गरिएको छ। ʻसम्मानितʼ उपनाम उत्तर कोरियाका सबैभन्दा सम्मानित व्यक्तिका लागि आरक्षित छ।

सम्भावित उत्तराधिकारी को हो ?

null

उत्तर कोरिया एक एक्लो देश हो। त्यसैले किम जू आए किन आफ्नो बुबासँग यति धेरै देखिन्छिन् भन्ने कुरा बाँकी संसारलाई स्पष्ट छैन।

उत्तर कोरियाका जनतालाई किम एकदमै पवित्र वंशबाट आएका हुनाले उनले मात्र देशको नेतृत्व गर्न सक्ने भनिएको छ। केही विश्लेषकले यति सानो उमेरमा छोरीलाई सार्वजनिक रूपमा प्रस्तुत गर्नु पनि उत्तर कोरियाली नेताको चाल हुन सक्ने बताए।    

अरूले यो किम जोङ उनको पितृसत्तात्मक समाजमा एक हेरचाह गर्ने व्यक्ति हो भनेर संकेत गर्ने तरिका पनि हुन सक्छ भन्छन्।

सन् १९४८ मा स्थापना भएदेखि नै उत्तर कोरियामा किम परिवारका पुरुष सदस्यहरूले शासन गर्दै आएका छन्। यदि किम जू आए   आफ्नो बुबाको उत्तराधिकारी भइन् भने उनी देशको नेतृत्व गर्ने पहिलो महिला हुनेछिन्।

सम्भावित उत्तराधिकारी कति छन् ?

null
किम जोङ उनको अर्को सम्भावित उत्तराधिकारी  उनकी बहिनी किम यो जोङ हुन् भन्ने पनि गरिएको छ। उनको पहिलो पटक मार्च २०१४ मा राज्य मिडियामा सार्वजनिक रूपमा उल्लेख गरिएको थियो। उनी कोरियाको सत्तारूढ वर्कर्स पार्टीकी एक वरिष्ठ अधिकारी हुन्।

फ्योडोर ट्रेटिट्स्कीले आफ्नी छोरी किम जू आएलाई सार्वजनिक रूपमा प्रस्तुत गरेर किम जोङ उन आफ्नो सम्भावित उत्तराधिकारीबारे जनता र अभिजात वर्गको राय पत्ता लगाउन खोजिरहेको बताए। तर सामान्यतया उत्तराधिकार पुष्टि नभएसम्म यसबारे केही भन्न नसकिने उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.