अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो, कन्टेनर अलपत्र


काठमाडौं : अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्णरुपमा अवरुद्ध हुँदा दशैंका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन्। 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोलेका कन्टेनर सीमा पारी र राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका हुन्। सडक अवरुद्ध भएको ५० दिनभन्दा बढी समय भएपछि सरोकारवालाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्याकर्षणपत्र समेत बुझाइसकेका छन्। null

मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई समेत दिए। निर्देशनपछि सडक विभागका अधिकारीहरूले स्थलगत निरीक्षण गरेका छन्। उनीहरुले तत्कालका लागि ६ मिटरको एकतर्फी सडक खोज्ने जानकारी गराएको सिल्क ट्रान्सपोर्टका निर्देशक बिजय शेर्पाले बताए। राजमार्ग अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेको र उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको उनले बताए।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले १५ सय कन्टेनर अड्केर बसेको बताए। दुई–तीनभित्र सडक खोल्न सके काठमाडौं आसपास सामान पुराउन सकिने उनको भनाइ छ। उहाले सडक अवरुद्ध हुँदा सामान बोकेर लैजानुपर्दा दैनिक १० लाखभन्दा बढि खर्च भएको गुनासो गरे। उनले उक्त सडकखण्ड पटक पटक अवरुद्ध हुने गरेकाले दिर्घकालीन सोचका साथ सडक निर्माण गर्नुपर्ने बताए।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडक खुलाउने विषयमा मन्त्रालयमा छलफल गर्ने र चिनिया पक्षसँग पनि परामर्श गर्दै उक्त सडकखण्डलाई दिर्घकालीन सोचका साथ निर्माण गरिने उल्लेख गरे।null

दसैँ लगायतका चाडपर्वका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा समेत ठूलो समस्या परेको छ। भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाउँसमेत जोखिममा परेका छन्। स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.