जलेर खण्डहर बनेको आफ्नो घर देखेपछि राधिका शाक्य भक्कानिन्


काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य बालकोटस्थित आफ्नो जलेर खण्डहर बनेको घर पुगेकी छन्। जलेर खण्डहर बनेको घर देखेपछि उनी भक्कानिएको एमाले नेता महेश बस्नेतले जानकारी दिए।  

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ʻबालकोट आमाकोको पीडा, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिनुभयो।ʼ  

राधिकालाई उद्धृत गर्दै बस्नेतले थप लेखेका छन्,ʻउहाँले भन्नुभयो, यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो। हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो ?ʼ 

घरभन्दा ठुलो धरोहर जलाएको भन्दै राधिकाले यसले राष्ट्रलाई कुनै लाभ नदिएको उल्लेख गरिन्। उल्टै यसले पीडाको ठुलो छाल मात्र छाडेको उनको भनाई छ।

नयाँ पुस्तालाई संग्रहालय छोडेर जाने विचार थियो, खरानी छोडेर जानुपर्ने भयो

शाक्यले नयाँ पुस्तालाई यो घर संग्रहालय रुपमा छोडेर जाने बिचार भए पनि अब खरानी छोडेर जानु परेको बताइन्।

उनले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरु जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य वश्तुहरु समेत संग्राहलयको रुपमा सजाएर राखिएको बताइन्। ‘मलाई यो घर ब्यवस्थापन मलाई छ महिना लाग्यो ’ उनले भनिन् ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्को कोठामा चाइना,कम्बोडिया,भारत,भियतनाम,जापान लगायतका देशका प्रधानमन्त्रीहरुले दिएका अमूल्य सामानहरु दराजहरुमा थिए ।’ 

शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के के सामानहरु थिए भनेर स्मरण गरिन्। ‘यति मेरो पसिना र श्रम परेको छ नि’ भावुक हुँदै शाक्यले भनिन् ‘बालुवाटार हुँदा पनि म साता दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’  शाक्यले घर फेरि बनाउन सकिए पनि इतिहास फेरि बनाउन नसकिने बताइन् ।

बालकोटस्थित ओली निवास जेनजी आन्दोलनका क्रममा जलेर खण्डहर बनेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.