जुँगा स्याहार्न मासिक १५ हजार खर्च

जुँगा स्याहार्न मासिक १५ हजार खर्च
सुन्नुहोस्

काठमाडौं : विभिन्न कम्पनीका विभिन्न ब्रान्ड बनेका हुन्छन् । तर, अच्चम काठमाडौंमा एउटा रेन्टुरेन्टको ब्रान्ड भने जुँगा बनेको छ । पसल वा साहुको नामले चिनिन थालेको छ, काठमाडौंको तीनकुने सुविधानगरस्थित रेसुंगा फेमिली रेस्टुरेन्ट एन्ड खाना घर प्रालि ।

रेन्टुरेन्टका प्रोपाइटर तिलकुमार थापा आफू पनि तिलकुमार थापाभन्दा पनि जुँगे साहु नामले प्रख्यात रहेको बताए । त्यसकारण आफूलाई धेरैले तिलकुमार थापाको नामले नभई जुँगे थापा नामले चिनेको उनी सुनाउँंछन् ।

काठमाडौंको सुविधानागर तीनकुनेमा बस्ने थापाले आठ वर्षदेखि बडो मेहेनतका साथ जुँगा पाल्दै आएका छन् । यही जुँगाकै कारणले उनले आफूलाई देशविदेशमा पनि परिचित हुने मौका पाएका छन् । ‘देश विदेशबाट पनि यही जुँगाकै कारण मलाई भेट्न आउनेहरू धेरै छन्', आफूलाई भेट्न आउने विशिष्ट व्यक्तिहरूको तस्बिर देखाउँदै उनले भने, ‘यही जुँगाकै कारण मलाई संघीय संसद्का उपसभामुख इन्दिरा रानामगरलगायतले भेट्न आउनुभएको थियो ।’

त्यसैगरी, गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव, वरिष्ठ कलाकार तुलसी घिमिरे, सन्दीप क्षेत्री, नायक सुमित ढुंगानालगायतले आफूलाई भेट्न आउँदाका तस्बिर भिताभरि उनले सजाएका छन् । साथै आफ्ना एकल जुँगे तस्बिरहरू पनि उनले दर्जनको हाराहारीमा भितामा टाँगिराखेका छन् । ‘मेरो यही जुँगाकै कारण वरिष्ठ कलाकार तुलसी घिमिरेले मलाई विदेशदेखि नेपाल आएर भेट्न आउनुभएको थियो’, उनले सम्झे ।

उनको जुँगा झन्डै एक फिट लामो छ । अरू बेला उनी त्यो जुँगालाई दुवै कानमाथि मिलाएर राख्छन् । कसैले हेर्न चाहेमा कानबाट झिकेर देखाउँछन् । ‘जुँगैले म परिचित मात्रै नभई प्रख्यात नै भएको कारण यो जुँगालाई अवका दिनमा पनि काट्दिन बरु पाल्छु’, उनले भने, ‘जुँगाकै कारण म टोलमा मात्रै होइन, देशैभरि चिनिएको छु । उनले दाही भने पालेका छैनन् ।’

जुँगालाई पाल्न सजिलो नभएको उनी सुनाउँंछन् । दिन विराएर सैंलुङ –कपाल, दाही जुँगा काट्ने पसलमा जुँगा मिलाउन जाने गरेको उनले सुनाए । साथै जथाभावी तेलको प्रयोग गर्न नहुने पनि उनले जनाए । यही कारण मासिक १० १५ हजार यही जुँगा स्याहार्नमा जाने उनले सुनाए ।यही जुँगाकै कारण सामाजिक सञ्जालहरूबाट पनि आफू देशैभरि परिचित हुन पाएको उनले सम्झे ।

रामेछाप मन्थली नगरपालिकाका उनले २०५६ सालदेखि नेपाल प्रहरीमा जागिर खाएका थिए । तर त्यो बेला उनले जुँगा पाल्न थालेका थिएनन् । त्यसपछिबाट उनले १८ वर्ष नेपाल प्रहरीमै जागिर खाए । यो बीचमा उनले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवको सवारीचालक (उही प्रहरीको जागिरबाट नै) को रूपमा सेवा गरेर बिताए । यही सेवाबाट उनले जागिर छोडे । यही सेवाकै कारण पनि उनी डा.यादवसँग नियमित सम्पर्कमा छन्, अहिले पनि ।

हाल उनी काठमाडौंको सुविधानगरमा पार्टनरसिपमा रेसुंगा फ्यामिली रेस्टुरेन्ट सञ्चालन गरी बसेका छन् । यही रेस्टुरेन्टको साइन बोर्डमै आफ्नो जुँगे तस्बिर उनले राखेका छन् । यही कारण पनि उनको रेस्टुरेन्टले बजार पाएको छ । उनी भन्छन्, ‘जुँगेसँग बसेर खान भनेर पनि धेरै आउँछन् । म नभेटिए मेरै जुँगे तस्बिर हेरेर भए पनि जान्छन् ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.