प्रतापपुर गाउँपालिकाले दरबन्दीबाहेकका ९२ जना कर्मचारी हटायो

प्रतापपुर गाउँपालिकाले दरबन्दीबाहेकका ९२ जना कर्मचारी हटायो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी :  नवलपरासीको प्रतापपुर गाउँपालिकाले दरबन्दीबाहेकका सबै करार र ज्यालादारीमा कार्यरत ९२ जना कर्मचारीलाई हटाएको छ । कात्तिक १ गतेदेखि लागू हुनेगरी उनीहरूको सेवा अवधि नथप्ने निर्णय गर्दै कर्मचारी हटाएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । 

हटाइएका कर्मचारीमा सबैभन्दा बढी शिक्षक छन् । शिक्षाबाट २४ जना पालेसहित ६१ जना रहेका छन् । गाउँपालिकाले यसअघि विद्यालयमा दरबन्दीअनुसारका शिक्षक नहुँदा ‘अध्यक्ष शैक्षिक रोजगार कार्यक्रम’मार्फत् ३७ जना शिक्षक भर्ना गरेको थियो । त्यसैगरी स्वास्थ्यबाट ११ जनालाई हटाइएको छ। स्विपरसहितका स्वास्थ्यकर्मीहरुलाई हटाइएको हो । 

९ वडा रहेको गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई हटाउँदा स्वास्थ्य संस्थामा सञ्चालन भएका ल्याब सेवा बन्द हुने अवस्थामा पुगेका छन् । त्यस्तै पालिका र वडा कार्यालयमा कार्यरत सबै कम्प्युटर अप्रेटर, कार्यालय सहयोगीदेखि चौथो र पाँचौस्तरका प्राविधिक गरी कूल २० जनालाई हटाइएको अध्यक्ष यादवले बताए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले सबै पालिकाहरूलाई अस्थायी र करारमा कार्यरत कर्मचारीहरुको सेवा सम्झौता रद्द गर्न परिपत्र गरेको छ । सोही परिपत्रको आधारमा गत असोज २४ गते बसेको कार्यपालिकाको सर्वसम्मत निर्णयले कर्मचारीहरूको सेवा अवधि थप नगर्ने निर्णय गरिएको अध्यक्ष यादवको भनाइ छ । 

आन्तरिक स्रोतसमेत न्यून भएको र तलब खुवाउ नसकिने बाध्यात्मक परिस्थिति सृजना भएकाले नचाहेर पनि कर्मचारी हटाउन परेको अध्यक्ष यादवको भनाई छ । पालिकाको वार्षिक आन्तरिक आय १ करोड ३० लाख मात्र छ । 

कर्मचारी निकाल्दा सेवा प्रवाहमा असर पर्ने अध्यक्ष यादवले स्वीकार गरे । ‘सेवामा असर पर्ने जानकारी हुँदाहुँदै निकाल्न बाध्य भइयो । सरकारले उपलब्ध गराएको अनुदानबाट तलब खुवाउन पाइँदैन । दरबन्दीभन्दा बाहिरका राखे तलब खुवाउने अधिकारीबाट रकम असुल गर्ने परिपत्र गरिएको छ । आयस्रोत कम छ । त्यसैले नचाहेर पनि कर्मचारी निकाल्न परेको हो,'अध्यक्ष यादवले अन्नपूर्णलाई भने ।  

केही दिन सेवा प्रवाहमा असर परेपनि त्यसको समाधानका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्ने यादवले बताए ।  कर्मचारी व्यवस्थापनका लागि प्राविधिसहित‘क्यू एण्ड एम’(कार्यालय व्यवस्थापन सर्वेक्षण) हुने र स्वीकृतका लागि प्रदेश सरकारमा पठाइने अध्यक्ष यादवको भनाइ छ । ‘उचित कारणसहित अन्य प्रकृया पूरा गरेर प्रदेशमा स्वीकृतका लागि पठाएपछि त्यसको व्यवस्थापन हुने विश्वास छ । त्यसैका आधारमा कर्मचारी व्यवस्थापन गर्छौं,' अध्यक्ष यादवले भने । 

गाउँपालिकामा कुल ११७ जना थिए । कर्मचारी निकालिएपछि अहिले शिक्षाबाहेक दरबन्दीका ८६ जना कर्मचारी छन् ।  यसैबीच जिल्लाका सात स्थानीय तहमा साढे ६ सय बढी करार र ज्यालादारीका कर्मचारीहरु रहेका छन् । केही पालिकाले दरबन्दीबाहेकका त्यस्ता कर्मचारी हटाउने जनाएका छन् भने केहीले कर्मचारी अभाव हुने भएकाले नहटाउने जनाएका छन् । 

रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाले १५ देखि २० जना र पाल्हीनन्दन गाउँपालिकाले करिब ५२ जना करार र ज्यालादारी कर्मचारीहरु निकाल्ने जनाए पनि सोमबारसम्म कुनै निर्णय गरेको छैन । सुनवल नगरपालिका, सरावल र सुस्ता गाउँपालिकाले कर्मचारी अभाव हुने भएकाले नहटाउने जनाएका छन् । पालिकाका प्रमुख र अध्यक्षहरूले आफ्ना सचिवालयमा कर्मचारी राखेका छन् तर, उनीहरूलाई अन्य पदमा नियुक्ति दिएर राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.