नवलपरासीका पाँच पालिकामा भोलि सार्वजनिक बिदा
परासी : नवलपरासीका पाँच पालिकाले कात्तिक ११ गते भोलि (मंगलबार) स्थानीय बिदा दिएका छन् । जिल्लामा सात पालिका छन् । बिदा दिनेमा रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका छन् । छठ पर्व मनाउने समुदायको बाहुल्यता भएका पाँच पालिकाले स्थानीय बिदा दिएका हुन् ।
सुनवल र बर्दघाट नगरपालिकाले भने बिदा दिएका छैनन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वअन्तरगत आज अस्ताउँदो सूर्यको पूजा (अघ्र्य) गरिँदै छ । भोलि उदाउँदो सूर्यलाई पूजा गरेर छठ समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस !