कर छुटमा गम्भीर समीक्षाको खाँचो

कर छुटमा गम्भीर समीक्षाको खाँचो

उत्पादन र निर्यात प्रोत्साहनका लागि कर छुट दिनु सामान्य हो । नेपालले पनि विभिन्न वस्तुको निर्यात र उत्पादनमा कर छुट दिन्छ । आयकर, मूल्य अभिवृद्धि करलगायत प्रचलित कानुनका आधारमा कर छुट दिइन्छ । कर छुट दिनु भनेको राज्यले राजस्व गुमाउनु पनि हो ।

 
लोककल्याणकारी अवधारणामा भने कर छुट र प्रोत्साहन न्यायोचित नै मानिन्छ । प्रश्न भने दिइएको कर छुटले उत्पादन वृद्धि गर्‍यो कि गरेन वा निर्यात वृद्धि भयो कि भएन वा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्‍यो कि परेन भन्ने हो । तर, त्यसको अडिट अर्थात् लेखापरीक्षण राम्रोसँग भएकै छन् । महालेखा परीक्षकको कार्यालयका अनुसार बर्सेनि मुलुकले कर छुटमा साढे २ खर्ब रुपैयाँ राजस्व गुमाउँछ । यो झन्डैझन्डै वर्षभरिको राजस्वको चौथाइको हाराहारी हुन आउँछ । तसर्थ, कर छुटको विषय गम्भीर समीक्षाको आवश्यकता खट्किएको छ । 

भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आन्तरिक राजस्वमा मात्रै नभइ वैदेशिक सहायता अन्तर्गतका परियोजनाहरूमा पनि हुन्छ । यो उदारताले राज्यकोषमाथि ठूलो भार परिरहेको छ । महालेखा परीक्षकको प्रतिवेदनले भन्सार राजस्वमा ७९ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी छुट दिएको देखाएको छ । तर कर छुटको अपारदर्शिता कहाँनिर झल्किन्छ भने अर्थ मन्त्रालयसँग आन्तरिक राजस्व कर छुटको रेकर्ड छैन । हो, प्रणालीमा भएको कमजोरी यहाँनेर छ । वास्तविक लक्षित वर्गसम्म कर छुट्यो पुग्यो पुगेन भन्ने त कमसेकम राज्यलाई थाहा हुनुपर्छ । आन्तरिक राजस्वले कर्मचारीतन्त्रको तलबमात्रै पुग्ने अवस्थामा कर छुटको गम्भीर समीक्षा हुन झन् जरुरी देखिन्छ । 

राज्यका सबै निकायको अडिट गर्ने महालेखाले मात्रै होइन, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकजस्ता संस्थाले पनि कर छुटको विषयमा पुनर्विचार गर्न सुझाएका छन् । अनि राज्यले मनन नगरेर हुन्छ ? कर छुट हचुवामा दिने होइन । राजनीतिक लोकप्रियताका लागि कर छुटको प्रवृत्ति धेरै छ । खासमा यसको प्रणाली बसाउनुपर्छ । र प्रणालीलाई पारदर्शी बनाउनुपर्छ । कर छुटका नाममा कुनै पनि चुहावट नहोस् भन्ने गरी मेक्यानिज्म राज्यले बनाएको हुनुपर्छ । यसको दुरुपयोग गर्न अनुगमन हुनुपर्छ । 

अर्थ मन्त्रालयले कर छुटको पूरापूर अभिलेख राख्नुपर्छ । विकसित देशहरूमा आयकर छुटमै पनि पहिला तिर्ने अनि वर्ष दिनभरिको हिसाब देखाएपछि फिर्ता दिने चलन छ । हामीले किन त्यसो नगर्ने ? कर नभनेकै राज्यको अधिकारजस्तो हो । कुनै आशा अभिलासाबिना नागरिकले तिर्ने रकमलाई सैद्धान्तिक हिसाबमा कर भनिन्छ । हाला कि त्यसो भनेर राज्यले जथाभावी कर उठाउने र राज्यले लिने भन्ने होइन । तर कर तिर्न सक्ने नागरिक बनाउने र धेरैभन्दा धेरै कर संकलनको उद्देश्य नराखी देश समृद्ध बन्दैन । कर छुटमा उदार हुँदै जाने हो भने केही दिनको लोकप्रियताले देशलाई दीर्घकालीन नोक्सानी पुर्‍याउने निश्चित छ । कर छुटको दायरालाई साँघुरो बनाउने गरी एकपटक पुनरावलोकन गरी नयाँ दिशा लिन जरुरी छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.