जाँचबुझ आयोगका सदस्यसँग मुख्यमन्त्री कँडेलको आग्रह– सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक रूपमा नहेर्नुस्

जाँचबुझ आयोगका सदस्यसँग मुख्यमन्त्री कँडेलको आग्रह– सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक रूपमा नहेर्नुस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २४ गते भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन्। बुधबार सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँग मुख्यमन्त्री कँडेलले उक्त आग्रह गरेका हुन्। 

उनले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिएका छन्। 

मुख्यमन्त्री कँडेलले विगतका राजनीतिक आन्दोलनमा जनआन्दोलन भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाट जस्ता घटना नभएको स्मरण गरे। 

ʻअपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ,ʼ उनले भने, ʻअब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ।ʼ 

अपराधजन्य कार्यमा संलग्न जो कोही भए पनि कानुन अनुसार कडा कारबाही गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो। जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य र निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याए मात्रै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने मुख्यमन्त्री कँडेलको भनाई छ। 

जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिको रूपमा आयोगले अध्ययन गर्ने बताए। उनले व्यक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको उल्लेख गरे।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.