जेनजी प्रदर्शन

नवलपरासीमा तोडफोड र आगजनीमा संलग्नमध्ये २७ जना अझै फरार

नवलपरासीमा तोडफोड र आगजनीमा संलग्नमध्ये २७ जना अझै फरार
तस्बिर : अन्नपूर्ण

परासी :  जेनजी प्रदर्शनका क्रममा नवलपरासीमा आगजनी र तोडफोडमा संलग्न अभियोगमा प्रहरीले ४१ जनामाथि मुद्दा चलाएको छ । उनीहरू सबैलाई आपराधिक उपद्रव (आगो लगाएको) कसुरमा मुद्दा चलाइएको हो ।

मुद्दा चलाइएकामध्ये १४ जनालाई प्रहरीले असोज १० गते जनही ६० हजारका दरले धरौटी जम्मा गर्न लगाइ छाडेको छ । त्यसरी छुट्नेमा एकजना चिकित्सक पनि छन् । बाँकी २७ जना अझै फरार सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए ।

भिडियो फुटेजसहितका ठोस प्रमाणका आधारमा उनीहरूमाथि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । नवलपरासीमा भदौ २४ गते भएको प्रदर्शनका क्रममा झन्डै ३८ करोड बढीको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ । 

निजी, सरकारी, राजनीतिक दलका पार्टी कार्यालयसहित संघ संस्था गरी ५० बढी  संरचनाहरूमा आगजनी र तोडफोड हुँदा उक्त बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको क्षति मूल्याङ्कन समितिका संयोजक एंव सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले जानकारी दिए । 

के गर्दैछ प्रहरी ?

नवलपरासीमा भएका उक्त घटनामा पाँचवटा मुद्दा दर्ता भएका छन् । तीवटा जिल्ला प्रहरी कार्यालय र दुईवटा इलाका प्रहरी कार्यालय बर्दघाटमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी पन्तले बताए । जसअनुसार बर्दघाटमा परेको जाहेरीमा ३८ जना र जिल्ला प्रहरी कार्यालयमा तीनजनाको किटानीसहित जाहेरी परेको हो । तिमध्ये फरार सूचीमा रहेका २७ जनामाथि प्रहरीले निगरानी बढाएको डीएसपी पन्तको भनाइ छ । 

उनीहरूमाथि लगाइएको मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ।  ‘मुद्दा हटेको होइन । आवश्यक परेको बेला उपस्थित गराउने शर्तमा १४ जनालाई छाडिएको हो, पछि अदालतले ठहरे बमोजिम हुन्छ,' डीएसपी पन्तले भने ।

हाजिर जमानीमा छुटेका सबै अहिले प्रहरीको सम्पर्कमा रहेको पन्तको दाबी छ । फरार सूचीमा रहेकामाथि पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ । ‘अदालतले पक्राउ गर्ने अनुमति दिने वित्तिकै हामीले तत्काल समातेर ल्याउँछौं,' डीएसपी पन्तले भने । 

जेनजी आन्दोलन घटनाबारे आयोगले जाँचबुझ गर्ने भन्दै गृहमन्त्रालयले निर्देशन दिएपछि पक्राउ परेकालाई छाडिएको बताइएको छ । तर, घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने र प्रहरीले कानूनी प्रकृयाअनुसार कारबाही गर्न सक्ने जनाउँदै आएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.