गुल्म रोगले पेटमा गडबडी

गुल्म रोगले पेटमा गडबडी

गाउँघरमा गानोगोलाका रूपमा लिइने पेटको रोगले विशेषगरी महिलालाई सताएको पाइन्छ। प्राय: मेलापात गर्ने, भारी बोक्ने तर खानाको सन्तुलन नहुने महिलालाई गुल्म रोगले बेचैन बनाउने गरेको छ। यस रोगबाट पुरुषहरू पनि पीडित हुने गरेका छन्। यस समस्यालाई कसैले ग्यास्टिक भनेर बुझ्दछन्। कसैले गानोगोलाका रूपमा चिन्दछन्। 

गाउँघरमा प्रचलित गानोगोलाको समस्यालाई आयुर्वेद चिकित्सामा गुल्म रोगको नामले लिइन्छ। पेटको कुनै भागमा ग्यासको जम्मा भएर फुलेको वा उठेको जस्तो हुने अवस्थालाई गुल्म रोग भनिन्छ। यस किसिमको रोग पाँच प्रकारको हुन्छ,– वातज, पित्तज, कफज, रक्तज र सन्निपातक गुल्म। 

वातज गुल्म : वातज गुल्मलाई गाउँघरमा गानोगोलाका रूपमा लिइन्छ। आन्द्राको कुनै भागभित्र बढी ग्यास जम्मा भएपछि त्यो भाग केही उठेको वा फुलेको देखिन्छ। र, त्यो ग्यास तलमाथि वा दायाँबायाँ सरिरहेको हुन्छ। तलमाथि मुभ भइरहँदा बिरामीलाई पेट दुख्ने र पातलो दिसा आन्द्राको कुनै भागमा बढी ग्यास जम्मा भएपछि त्यो भाग केही उठ्ने वा फुल्ने हुन सक्छ। त्यो ग्यास तलमाथि वा दायाँबायाँ सरिरहँदा बिरामीमा पेट दुख्ने र पातलो दिसा लाग्ने लक्षण देखा पर्न सक्छ।

पित्तज : वातज गुल्मभन्दा अलि जटिल खालको समस्यालाई पित्तज गुल्म भनिन्छ। यो रोग हुँदा पेटको कुनै भाग फुल्ने वा उठ्ने हुन सक्छ। त्यस स्थानमा डाहा अर्थात् जलनको समस्या देखा पर्न सक्ने प्रा.डा. रोकाको भनाइ छ। पेटको फुलेको भागमा तापक्रम वृद्धि हुन्छ। पेटको बाहिरबाट छाम्दाखेरि नै महसुस हुने डल्लो वातजको जस्तो तलमाथि वा दायाँबायाँ सर्दैन। एकै ठाउँमा स्थिर रूपमा बसिरहन्छ। यस किसिमको समस्याले हुँदा बिरामीलाई तिर्खा धेरै लाग्छ। ज्वरो आउने र मूर्च्छा पर्ने पनि हुन सक्छ। बिरामीलाई जलविनियोजन (डिहाइड्रेसन) हुन सक्छ। यो पनि जुनसुकै उमेरका महिला वा पुरुषलाई हुन सक्छ।

कफज गुल्म : वातज र पित्तजभन्दा अझ कडा खालको समस्या हुनुलाई कफज गुल्म भनिन्छ। यो रोगले सताउन थाल्दा पेटको कुनै भाग फुल्ने वा उठ्ने क्रम मन्दगतिमा बढ्ने हुन्छ। फुलेको ठाउँमा भारीपना महसुस हुन्छ। पेटबाहिरबाट फुलेको ठाउँमा छाम्दाखेरि डल्लो भेटिएजस्तो अनुभूति हुन्छ। यस समस्यामा ज्वरो भने आउँदैन। पेटमा भेटिने डल्लोजस्तो वस्तु तलमाथि नगई एकै ठाउँमा स्थिर भइरहने र विस्तारै आकार वृद्धि हुँदै जाने हुन्छ।
सन्निपातक गुल्म : माथि उल्लिखित तीन किसिमका वातज, पित्तज र कफज गुल्म रोगका लक्षणहरू सन्निपातक गुल्ममा मिश्रित रूपमा पाइन्छ। तर यो अलि खतरा खालको गुल्म रोगका रूपमा लिइन्छ। यो रोगको समयमै उपचार भएन भने ट्युमर क्यान्सरमा पनि परिणत हुन सक्छ।
रक्तज गुल्म : विशेषगरी महिलालाई मात्र हुने गुल्म रोगका रूपमा रक्तज गुल्मलाई चिनिन्छ। महिलाको पाठेघर र यससँग सम्बन्धित अंगबाट उत्पन्न हुने रोग नै रक्तज गुल्म हो। यो रोग लागिसकेपछि महिलाको मासिक रक्तस्राव बन्द हुन्छ। तल्लो पेटमा भारीपना महसुस हुन्छ। मन्दगतिमा दुखाइ हुन्छ। रोगी कमजोर हुँदै जानु यस रोगका लक्षणहरू हुन्।

के कारणले हुन्छ ? 
आहार विहारमा सन्तुलन मिलेन भने गानोगोला अर्थात् गुल्म रोगले सताउँछ। मानसिक तनावमा परेका महिलाहरू गुल्म रोगबाट पीडित हुने गरेको पाइएको छ। पारिवारिक चिन्ता एवम् ईर्ष्या गर्दा गुल्म रोग निम्तिन्छ। खाली पेट बस्दाखेरि पनि यो रोग लाग्न सक्छ। शरीरभित्र ग्यास उत्पन्न हुने किसिमका आहार बढी सेवन गर्दा पनि यो रोगले सताउन सक्छ।
क्यान्सरको खतरा
समयमै उपचार नगर्दा वातज गुल्मले आन्द्राको जीर्ण रोग निम्त्याउन सक्छ। वातजबाहेक अन्य गुल्म रोगले ट्युमर गराउने वा क्यान्सरको समस्या निम्त्याउन सक्छ। वातज गुल्म रोग कुनै पनि परीक्षणबाट थाहा नलाग्न सक्छ। बिरामीको भनाइ र अवस्था हेरेर रोगको निदान गर्नुपर्ने हुन्छ तर अन्य गुल्म रोग भने पेटको एक्सरे वा अल्ट्रासाउन्डबाट थाहा पाइन्छ।
रोकथाम र उपचार 
पेटबाट ग्यास निकाल्न जीरा, सोप, हिङ, जाइफल आदि मिसाइएको घरेलु औषधि सेवन गर्न सकिन्छ। त्यस्तै टिमुर, अदुवा (सुठो) एवम् मरिचको मिश्रण भएका औषधि पनि खान सकिने आयुर्वेद चिकित्सकहरूको 
सुझाव छ।

रोकथाम र उपचार
परम्परागत घरेलु उपचारमा वातज गुल्म भएको अवस्थामा पेटभित्र फुलेको भागमाथि थोरै घिउ, तोरी वा तिलको तेल राखेर तल माथि वा दायाँबायाँ पेटलाई मसाज गर्दा आराम महसुस हुन सक्छ। यसबाट आन्द्रामा जम्मा भएको ग्यास सजिलै बाहिर निस्केर आराम हुन्छ। गानोगोलाबाट मुक्ति पाउन विशेषगरी खानामा सजग हुनु पर्दछ। शारीरिक व्यायाम गरेर पनि स्वस्थ बन्न सकिन्छ। त्यस्तै मानसिक चिन्ता वा तनाव नलिने, पारिवारिक वातावरणमा रमाउने, हास्य एवम् सिनेमाहरू हेर्न जान पनि सकिन्छ।

त्यस्तै कसैलाई योग र मेडिटेसनबाट पनि लाभ हुन्छ। पेटबाट ग्यास निकाल्न घरेलु औषधिहरू जीरा, सोप, हिङ, आदि मिसिएका औषधि सेवन गर्दा राम्रो हुन्छ। त्यस्तै टिमुर, अदुवा (सुठो) एवम् मिश्रण भएका औषधिहरू आयुर्वेदिक चिकित्सकको परामर्शमा सेवन गर्न सकिन्छ। निको नभए यथाशीघ्र सम्बन्धित रोग विशेषज्ञसमक्ष गई उपचार गराउनु 
उपयुक्त हुन्छ।

प्रा.डा. डीबी रोका
वरिष्ठ, आयुर्वेद चिकित्सक

प्रस्तुति : दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.