नेपाली कांग्रेस दाङमा १४ औं महाधिवेशनले चार वर्षसम्म पूर्णता पाउन सकेन

नेपाली कांग्रेस दाङमा १४ औं महाधिवेशनले चार वर्षसम्म पूर्णता पाउन सकेन

दाङ :  नेपाली कांग्रेस दाङमा १४ औं महाधिवेशनले पूर्णता पाउन सकेको छैन । १५ औं महाधिवेशनको समय आउँदा समेत  क्षेत्र नं। ३ मा महासमिति सदस्यहरूको निर्वाचन हुन सकेको छैन। पार्टीको विधान अनुसार महाधिवेशन प्रतिनिधि निर्वाचित भएको ३५ दिनभित्र महासमिति सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था भए पनि उक्त क्षेत्रमा प्रक्रिया रोकिएको छ।

क्षेत्र नं। ३ बाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। विधान अनुसार सो क्षेत्रबाट खुला, महिला, जनजाति, खस आर्यलगायत समावेशी ढाँचामा ११ जना महासमिति सदस्य चयन गर्नुपर्ने व्यवस्था छ। तर, सो निर्वाचन अहिलेसम्म स्थगित रहँदै आएको छ।

निर्वाचन अधिकृत प्रकाश डाँगीका अनुसार पार्टी नेतृत्वले निर्वाचनका लागि आवश्यक वातावरण निर्माण नगरेकाले निर्वाचन सम्पन्न गर्न नसकिएको हो। निर्वाचानको वातावरन पार्टी नेतृवले नबनाए पछि निर्वाचन पुरा गर्न  नसकेको र समिति बाट नै राजिनामा दिएको डाँगीले बताए ।

उनले निर्वाचन समिति गठन भए पनि पछि समितिका सदस्यहरूले समेत राजीनामा दिएपछि प्रक्रिया पूर्ण रूपमा रोकिएको बताए। त्यसपछि निर्माण भएको कुमारराज श्रेष्ठको नेतृत्व मा बनेको  निर्वाचन समितिले समेत राजीनामा गरिसके छ ।

क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस सभापति जगतबहादुर खड्काले समेत हालसम्म महासमिति सदस्यहरूको निर्वाचन हुन नसकेको पुष्टि गरेका छन्। उनका अनुसार आन्तरिक कारण र समन्वयको अभावले प्रक्रिया अघि बढ्न सकेको छैन।

स्रोतका अनुसार विधानअनुसारको प्रक्रिया अघि बढाउँदा पार्टीका केही वरिष्ठ नेताहरू महासमिति सदस्यमा नपर्ने अवस्था आउँदा संस्थापनइतर समूहले निर्वाचनमा अवरोध पुर्‍याएको आरोप लगाइएको छ।

निर्वाचन समितिको भनाइअनुसार, महाधिवेशन प्रतिनिधिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरूबाट क्रमअनुसार आवश्यक संख्यामा महासमिति सदस्य चयन गर्ने प्रक्रिया विधानमा स्पष्ट उल्लेख गरिएको छ।

तर, सो प्रावधानअनुसारको कार्यान्वयनमा ढिलाइ हुँदा १४ औं महाधिवेशनको काम औपचारिक रूपमा अझै अपूरो रहेको देखिन्छ। एक स्थानीय कांग्रेस नेताले भने, 'प्रदेश र केन्द्रले चौधौं महाधिवेशन पूरा नगरी बेमौसमी रूपमा नयाँ महाधिवेशनमा लाग्नु आफैंमा विडम्बना हो।' यद्यपि क्षेत्रीय नेतृत्व, प्रदेश, केन्द्र जिल्ला नेतृत्व चौधौं महाधिवेशन पूरा गर्ने प्रक्रियामा पुगेका छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.