दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले जित्यो महिला विश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं : भारतले महिला एकदिवसीय विश्वकप २०२५ को उपाधि जितेको छ। दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले घरेलु भूमिमा मेडन विश्वकप उपाधि जितेको हो।

मुम्बईस्थित, डाक्टर डीवाई पाटिल स्पोर्ट्स ऐकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रन बनाएको थियो।

भारतले दिएको २९९ रनको विजय लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो।

दक्षिण अफ्रिकाको लागि कप्तान लौरा वल्भार्डले शतकीय पारी खेलिन्। उनको शतक पनि टिमलाई जिताउन काफी भएन। उनले ९८ बलमा ११ चौका र एक छक्का सहित १०१ रनको पारी खेलेकी थिइन्। अर्की ओपनर तान्जिम ब्रिटिसले २३ रन बनाइन्। सुनी लुसले २५, सिनालो जाफ्टाले, १६ एनेरी डेकरसेनले ३५ र नदिनी डी कार्ल्कले १८ रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। ब्याटिङमा स्टेप अप गर्न नसक्दा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको उपाधि जित्ने सुनौलो अवसर गुमायो।

भारतका लागि बलिङतर्फ दिप्ति शर्माले सर्वाधिक ५ विकेट लिइन्। सफाली वर्माले २ र श्री चरणीले १ विकेट लिइन्।

पहिलो इनिङमा ब्याटिङ गरेको भारतका लागि सफाली वर्माले ८७ रनको पारी खेलिन् । उनले ७८ बलमा ७ चौका र दुई छक्का प्रहार गरिन्। अर्की ओपनर ब्याटर स्मृति मन्धानाले ४५ रन बनाइन्। जमिमा रोड्रिक्सले २४, कप्तान हर्मनप्रीत कौरले २०, दीप्ति शर्माले ५८, अमानजोत कौरले १२ र रिचा घोसले ३४ रन बनाएका थिए।

अफ्रिकाका लागि बलिङतर्फ आयाबोङ्गा खाकाले सर्वाधिक ३ विकेट लिइन्। ननकुलुलेको एमलाबा, नादिनी डी कार्ल्क, चोल ट्रायोनले समान १-१ विकेट लिए।

सेमीफाइनलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यस्तै, दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई १२५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

भारतले यसअघि सन् २००५ र २०१७ मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो। अस्ट्रेलिया र इंग्ल्यान्डसँग पराजित हुँदै यस अगाडि दुई पटक भारत उपविजेतामा सिमित रहन पुगेको थियो।

दक्षिण अफ्रिका भने पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो। महिला एकदिवसीय क्रिकेट विश्वकपमा हालसम्म अस्ट्रेलियाले ७ पटक उपाधि जितिसकेको छ। इङ्ल्यान्डले ४ पटक र न्युजिल्यान्डले १ पटक विश्वकपको उपाधि जितेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.