जेन–जीले पढाएको पाठ
जेन–जीका नाममा भएको देशव्यापी विद्रोह र विध्वंस २००७ सालको जनक्रान्तिदेखि २०६२–०६३ को जनआन्दोलनसम्म आइपुग्दा भएको थिएन। कुनै आन्दोलनमा नभएको तोडफोड लुटपाट आगजनीको घटना हुनुका पछाडि सरकारको कार्यशैली नै देखिएको छ। जनअसन्तुष्टि बढेपछि देशमा सत्ता परिवर्तन वा व्यवस्थै परिवर्तनका लागि पनि जनविद्रोह वा जनआन्दोलन हुन्छ भन्ने तस्बिर हो यो। तर यसरी देशै ध्वस्त पार्नेगरी कुनै राष्ट्रवादी मन र विचारले यस्तो ध्वंसात्मक विद्रोह गर्दैनन्। २०४८ सालको पहिलो जननिर्वाचित कांग्रेस सरकारले पाँच वर्ष काम गर्ने अवसर नचुकाएको भए अहिले यस्तो भद्रगोलको परिस्थिति आउने थिएन ।
पाँच वर्ष सरकार चल्ने परिपाटी बसेर जान्थ्यो। संसदीय व्यवस्था टिक्ने देशमा स्थायित्व र विकासको सम्भावना बढेको देख्न नचाहने स्वदेशी विदेशी तŒवले २०५१ को मध्यावधि चुनावको नाटक मञ्चन गरे। त्यसमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मुखले देशीविदेशी ग्रान्ड डिजाइन हँुदैछ भने पनि उहाँ आफैंले त्यो डिजाइन बुझ्न सक्नु भएन। तत्काल चुनाव गर्दा आफ्नो पक्षमा बहुमत आउला भन्ने भ्रममा परेर उहाँ फस्नुभयो। निर्वाचनको परिणाम देखेपछि मात्र उहाँ झस्कनु भयो, समय बितेपछि आएको होसले काम दिएन ।
देशमा बहुदल र गणतन्त्र आइसकेपछि २०५२—०५३ पछि देशहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको र नेतातन्त्रका आडमा फस्टाएको घुस, भ्रष्टाचार, बिचौलिया, दलाल, संघ, संगठन, वाईसीएल, परिषद्, युनियनलगायतले गरेका राजस्वका स्रोतमाथिको कब्जा र ठगी भए। मन्त्रिपरिषद्बाट निर्णय गरेर गरेका ठूलाठूला राजस्व ठगीका घोटलाका कारण मुलुक एसियाकै गरिब देशको सूचीमा झर्दासमेत वास्ता गरिएन। दलाल र बिचौलियाहरूकै मतियार बनेर देश लुटिरहने नेतृत्व पंक्तिको धु्रत प्रवृत्तिकै कारण मुलुकमा यस्तो विषम परिस्थितिको सिर्जना भयो। पंक्तिकारले भदौ २३ गते लेखेको अन्नपूर्ण पोस्ट्को नीति, नेता र विषयवस्तु प्रस्ट नभएको, आवेश र आक्रोशको आन्दोलनले क्षति बढी र उपलब्धि कम हुन सक्छ भन्ने गरेको अनुमान मिलेजस्तो लागेको छ ।
भदौ २३ र २४ गतेको विद्रोहमा जेन—जी पुस्ताको पवित्र भावना र चाहनाविपरीत देशीविदेशी देशद्रोही तŒवको घुसपैठबाट सिंहदरबारसहितका ऐतिहासिक भौतिक संरचनाहरू खरानी बनाइयो। देशले अर्बौंको क्षति व्यहोर्नु प¥यो। केही नेताहरूले बदमासी गरे। देश लुटे तर त्यसमा ती भौतिक संरचनाको कुनै दोष थिएन। भोलि जो सरकारमा आए पनि ती संरचना काम लाग्ने थिए। तर जलाइयो। कुन नियतले कसले जलायो, त्यसको छानबिन हुने र अपराधीलाई कानुनी कारबाही हुने कुनै लक्षण देखिँदैन। यसरी दण्डहीनतालाई प्रश्रय दिँदै जाने हो भने देशमा अझ ठूला विध्वंसकारी घटना घट्दै जान सक्छन्। यहाँ काल पल्किने डरको खतरा बढी छ। विगतका आन्दोलनहरूमा आन्दोलनका क्रममा सत्तापक्ष वा आन्दोलनकारीबाट भएका जनधनको क्षतिको छानबिन र मूल्यांकन गरी दोषीलाई कारबाही गर्ने प्रचलन विद्यमान छ ।
राजनीतिक सुझबुझ र अनुभव नभएको अल्लारे दिमागले सामाजिक सञ्जालमा लेखे, देखे र पढेको भरमा त्यसैलाई सत्य ठानेर अघि बढ्दा यस्तो विषम परिस्थिति उत्पन्न भएको हो। अब योे विषम परिस्थितिमा राजनीतिक आग्रह पूर्वाग्रह छोडेर नयाँ–पुराना सबै संस्था र राजनीतिक दलहरू मिलेर गोलमेच सम्मेलन गरी सबैको अस्तित्व र योगदानको कदर हुनेगरी सामूहिक विचार र चिन्तन गरेर एकताबद्ध भई अघि नबढ्ने हो भने नेपालको राष्ट्रिय अस्तित्व र नेपाली जनताको स्वाभिमान र पहिचान जोगाउन सकिँदैन। देश रहे सबैको इज्जत र स्वतन्त्र रूपले राजनीति गर्ने र बनेको प्रतिष्ठा जोगाउँदै अगाडि बढ्न सकिन्छ। अन्यथा, तत्कालको अहंकार र मेरो गोरुका बाह्रै टक्का भन्ने जिद्दी गर्ने हो कोही बाँकी रहँदैन। सबै पराइका दास बन्न पुग्छौं। त्यतिबेला पछुताएर कुनै अर्थ रहँदैन। सिक्किमलगायतका देशले आपसमा लड्दा अर्काको दास बन्न पुगेका उदाहरणबाट पाठ सिक्न जरुरी छ ।
अब सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले सबै राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर तोकिएको समयमै निष्पक्ष चुनाव गराउनुपर्छ। त्यसमा नयाँ पुराना सबै दलले मित्रवत् प्रतिस्पर्धा गरेर एकल बहुमतको सरकार बन्ने अवस्था नहोला। तर पनि चुनावपछि विचार मिल्ने दलहरूले मिलिजुली सरकार बनाएर अघि बढ्नुको विकल्प छैन। अब पुराना दलले गम्भीर आत्मसमीक्षा गर्दै आफ्ना कमी, कमजोरीलाई जनताले पत्याउने गरी सुधार्ने र नयाँ आउने दलले पनि निहुँ खोज्ने र भाउ खोज्ने र भाउ खोज्ने नगरी आफूले पाएको जनमतलाई आधार मानी अर्को चुनावका लागि अनुकूल वातावरण बनाउँदै जानुपर्छ। तत्काल सत्ता र भत्ताका लागि हतारिन हँुदैन। हतारिँदा लतारिने खतरा बढ्छ। त्यसैले धैर्य गरेर अगाडि बढ्दा पछि राम्रो नतिजा हात पर्न सक्छ ।
यसरी भविष्य सोचेर सुझबुझका साथ अघि बढ्ने हो भने व्यवस्था यही रहे पनि अवस्थामा उल्लेख्य सुधार गर्न सकिन्छ। संसारमा लोकतन्त्रको विकल्प उत्तम लोकतन्त्र नै हो। अरू एकदलीय वा निर्दलीय व्यवस्थाको कल्पना गर्नु आत्मघाती चिन्तन हो। हामीले आफ्नो देशको बिग्रिएका राजनीतिलाई हामी आफैं मिलेर सुधार गर्नुपर्छ। आफ्नै देशको अर्को पक्षको रिसले बाह्य शक्तिको सहारा खोज्यौं भने भोलि हामी आफैं कमजोर हुनेछौं। हामीलाई अरूले हेप्न थाल्नेछन्। तसर्थ हामी आपसमा मिलेर आफैं सुध्रनु पर्छ। अर्काको भर पर्नु हुँदैन, धोका हुन सक्छ। अर्काले एकछिन खेलाउँछ, पछि मिल्काउँछ। हामी होसियार रहनु जरुरी छ ।
यस पटक मुलुकमा यस्तो परिस्थिति सिर्जना हुनुमा राजनीतिक नेतृत्वको लापर्बाही त छँदैथियो, त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको गल्ती मुख्य कारण मानिन्छ। त्यो भ्रमणका क्रममा ओलीले पृथ्वीनारायण शाहको पालादेखि स्थापित भएको हाम्रो असंलग्न परराष्ट्र नीतिको मर्म र भावना विपरीत थियो। उनले विश्व राजनीतिमा नेपालले जोगाउँदै आएको तटस्थता र असंलग्नता त्यागेर एक पक्षको आड लिएको घटनाले भारत, अमेरिका, जापान, अस्ट्रेलिया, युरोपलगायतका लोकतान्त्रिक देशहरू सबै चिढिए। हामी एक्लो प¥र्यौं। चीनले अघि सारेको बीआरआई योजनालाई साथ दिएर एमसीसी पास नगर्दा सन्तुलन मिलाउनका लागि पनि हामीले बाध्य भएर एमसीसी पास गर्नुप¥यो। अहिले त्यो सन्तुलन बिग्रिँदा मुलुकमा यस्तो अवस्था आयो ।
विद्रोहमा जेन—जीको अग्रसरता देखाउने दाँतमात्रै रहेछ। चबाउने दाँतहरू अदृश्य नै थिए भने सत्य प्रस्ट भइसकेको छ। यतिबेला संसार खतरनाक मोडतिर अघि बढ्दैछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो पटक चुनाव लड्दा उनको प्रतिस्पर्धामा भारतीय मूलकी कमला ह्यारिससँग होडबाजी प¥यो। घमण्डी ट्रम्पले आफूले जितेपछि कमलाले आफूसँग होडबाजी गरेको बदला लिन भारतसँगको व्यापारमा दोब्बर कर लगाउने घोषणा गरे। त्यसपछि भर्खरै अमेरिकी लगानीमा भारतमा खुलेका ६ वटा ठूला उद्योग बन्द गर्ने घोषणा गरे। त्यसरी भारतलाई अप्ठेरो पार्न खोजेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसियन प्रधानमन्त्री भ्यादिमिर पुटिनसँग हात बढाए। यसरी विस्तारै अमेरिकाविरुद्ध भारत, रसिया, चीन र उत्तरकोरियाको गठबन्धन भयो भने क्षेत्रीय नाताले जापानलाई पनि यही गठबन्धनतिर झुक्नुपर्ने हुन सक्छ। यदि त्यसो भयो भने ढिलोचाँडो तृतीय विश्वयुद्ध हुन सक्ने सम्भावना बढेर जान्छ। विश्वयुद्ध भएको खण्डमा नेपाल नै रणमैदान बन्न सक्ने खतरा पनि देखिन्छ। यतिबेला स्वतन्त्र तिब्बतसँग वर्तमान सरकारको निकटता देखिएकाले चीनको वक्रदृष्टि नेपालमा पर्न सक्छ। यो घातक अवस्था हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो पटक चुनाव लड्दा उनको प्रतिस्पर्धामा भारतीय मूलकी कमला ह्यारिससँग होडबाजी प¥यो। घमण्डी ट्रम्पले आफूले जितेपछि कमलाले आफूसँग होडबाजी गरेको बदला लिन भारतसँगको व्यापारमा दोब्बर कर लगाउने घोषणा गरे।
प्रतिक्रिया दिनुहोस !