अमेरिका र भेनेजुएलाबीच युद्ध हुने सम्भावनाबारे के भन्छन् ट्रम्प ?
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग अमेरिकी युद्धको सम्भावना न्युन रहेको बताएका छन्। तर, उनले राष्ट्रपतिको रूपमा निकोलस मादुरोको दिन गन्न बाँकी रहेको संकेत गरेका छन्।
बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएस न्यूजले एक कार्यक्रममा ट्रम्पलाई अमेरिका भेनेजुएला विरुद्ध युद्धको तयारी गरिरहेको छ कि छैन भनेर प्रश्न सोधिएको थियो। यसबारे ट्रम्पले भने, 'मलाई शंका छ। मलाई लाग्दैन कि यो हुनेछ। तर उनीहरूले हामीसँग धेरै नराम्रो व्यवहार गरिरहेका छन्।'
अमेरिकाले क्यारिबियन सागरमा कथित लागुऔषध तस्करी गर्ने डुङ्गाहरूमा हवाई आक्रमण गरिरहेको बेला ट्रम्पले यस्तो बताएका हुन्। ट्रम्प प्रशासनले अमेरिकामा लागुऔषध तस्करी रोक्न यी आक्रमणहरू आवश्यक रहेको बताएको छ।
अमेरिकी कारबाहीको वास्तविक उद्देश्य मादुरोलाई सत्ताबाट हटाउनु थियो भन्ने भनाइमा ट्रम्पले धेरै कारणले गरिएको बताए। सीबीएस न्यूजका अनुसार सेप्टेम्बरको सुरुवातदेखि क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस !