झापा महिला गोल्डकप सुरु, पुलिस क्लब सेमिफाइनलमा

झापा महिला गोल्डकप सुरु, पुलिस क्लब सेमिफाइनलमा

झापा : झापाको शिवसताक्षीमा प्रथम झापा महिला गोल्डकप सोमबारदेखि सुरु भएको छ। दुधे रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मैदानमा गोल वर्षा गर्दै सहजै सेमिफाइनलमा प्रवेश गरेको छ। ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो।  

पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे। रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन्। त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन्। खेलको २६ औँ मिनेटमा पुलिसले गोलको सुनौलो अवसर खेर फाल्यो। मिनाले चर्चकी गोलकिपर करुणालाई बिट गरे पनि सटलाई टार्गेटमा राख्न सकिनन्। ३५ औँ मिनेटमा चर्चले जवाफी अट्याक बुने पनि गोलको अवसर भने सदुपयोग गर्न सकेन। पुलिसको पेनाल्टी बक्सभित्र  वर्षाले दिएको क्रसलाई प्रतीक्षा मल्लले फिनिस गर्न सकिनन्।

३७ औँ मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो। दुई राष्ट्रिय खेलाडी कम्बिनेसनमा पुलिसले सुन्दर गोल गर्‍यो। केही दिनअघि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेकी मिनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन्। दोस्रो हाफको सुरुवाती समयदेखि चर्चविरुद्ध दबाब बनाएको पुलिसले ५१ औँ मिनेटमा मिना देउवाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो। चर्चको डिफेन्डर र गोलकिपरबीच राम्रो तालमेल नहुँदा मिनाले त्यसको फाइदा उठाइन्।

५९ औँ मिनेटमा मिनाले सुन्दर फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन्। उनले सम्झना लावतीको पासलाई गोलमा परिणत गरिन्। त्यसको पाँच मिनेट बित्न नपाउँदै मिनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन्। पुलिसको लंगभली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मिनाले त्यसको फाइदा उठाउँदै टोलीलाई ४–० गोलको अग्रता दिलाउन सफल भइन्। ६८ औँ मिनेटमा रेखाको सुन्दर क्रसमा मिनाले आफ्नो चौथो गोल गरिन्। ८० औँ मिनेटमा रेखाले ३० यार्डको लामो दूरीबाट गरेको सटले सिधै चर्चको जाली चुम्न पुग्यो। रेखाको उक्त सटमा चर्चकी गोलकिपरले कुनै मौका पाइनन्।

त्यसको तीन मिनेट बित्न नपाउँदै मिनाले टोलीका लागि सातौँ तथा व्यक्तिगत पाँचौँ गोल पूरा गरिन्। खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई ८–० गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन्। खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउवा भइन्। उनले नगद १५ हजार र ट्रफी पाइन्। 

मंगलबार हुने दोस्रो क्वार्टर फाइनल खेल एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ। त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए। 

    


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.