माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने तयारी

प्रचण्डले स्वार्थ समूहको गठजोड बनाए, ‘पुराण लगाउन लागेको’ आजको बैठक बहिस्कार गर्छौं : सुदन किराती

प्रचण्डले स्वार्थ समूहको गठजोड बनाए, ‘पुराण लगाउन लागेको’ आजको बैठक बहिस्कार गर्छौं : सुदन किराती
फाइल तस्बिर ।

काठमाडौं : नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन्  । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै उनले प्रचण्डले पार्टी बैठक नभएर पुराण लगाउन लागेको बताएका हुन्। 

‘सिङ्गो आन्दोलन, नीति, कार्यक्रम, सिद्धान्त, विचार र जनताको भवनको आधारमा नभए व्यक्तिहरूको स्वार्थ पूरा गर्न स्वार्थ समूहले गराइदिएको एकता हो यो,’ उनले भने।

संयोजक प्रचण्ड अहिलेको देश अवस्था र जनताको मागको आधारमा आफूलाई रुपान्तरण गर्ने बाटोमा नगएको नेता किरातीले बताए। उनले भने, ‘जनता भावना विपरीत गएर पार्टी एकता गरेर प्रचण्डले अंहकार प्रस्तुत गर्दैछन्।’

अन्नपूर्णसँग कुराकानी गर्दै उनले माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने तयारी भइरहेको संकेत गरे। नेता जनार्दन शर्मासँग मिलेर माओवादीलाई पुनर्गठन गर्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा उनले भने,‘हामीले कम्युनिस्टको नाममा एउटा पसल खोल्न लागेको होइनौं। हामीले अर्को बरमझियाको बुढो बाजेको पेडा पसल खोल्न लागेको होइन। नेपालको सारा समस्या र प्रगतिशील आन्दोलनलाई  संगठित गर्ने राष्ट्रिय अभियान सुरु गर्न लागेका छौं।’ 

माओवादी पार्टीको मर्म, कार्यकर्ता सपना र विचारलाइ ढल्न नदिने उनले बताए। नेता जनार्दन शर्माले प्रचण्डसँग बिदाइ भेट गरिसकेको उनले बताए। उनले भने,‘प्रचण्डजी माओवादी आन्दोलन तुहाएर बिसर्जनको बाटोमा जानुभयो। प्रचण्डलाई हामीले डाइनामिक लिडर भनेर भन्थ्यौं, आज उहाँ डाइनिजम पिँध नभएको लोटामा बदलियो। प्रचण्डलाई जनताले विश्वास गर्न छोड्यो।’ 

विचार, एजेन्डा मिल्ने वामपन्थी शक्तिसँग एकता गर्ने ढाका खुला गरेर प्रचण्ड जस्ता पुराना नेतालाई जनताको साथ लिएर मतपत्रबाट पाखा लगाउने उनले चेतावनी दिए।

नेकपा एकीकृत समाजवादीसहित ८ दलबिच भएको एकता सहमति अनुमोदनका लागि  नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक बोलाएको छ। आज दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा बैठक बस्दैछ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.