११.११ अघि नै दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा, ३ गुणासम्म क्याशब्याक ग्यारेन्टी
काठमाडौं : दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको सर्वाधिक बृहत्त सेल ११.११ अघिनै आफ्नो ब्रान्डेड शपिङ गन्तव्य दराजमलको नयाँ स्वरूप सार्वजनिक गरेको छ। नयाँ दराज मल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै ३ गुणासम्मको क्याशब्याक अफर पनि उपलब्ध हुनेछ। यसले ग्राहकहरूलाई विश्वसनीय र सजिलो अनलाइन ब्रान्ड खरिद अनुभव उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ।
दराज मल दक्षिण एसियाकै पहिलो र एकल भर्चुअल मल हो। यसले हाल १ हजार ५०० भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय ब्रान्डहरू आफ्नो प्लेटफर्म मार्फत उपलब्ध गराउँदै लाखौं ग्राहकहरूलाई सहज शपिंग अनुभव प्रदान गर्दै आइरहेको छ। यसमा फेशन, ब्युटी, इलेक्ट्रोनिक्स, होम एन्ड लाइफस्टाइल लगायतका विभिन्न वर्गका उत्पादनहरू उपलब्ध रहेका छन्।
दराज मलमा उपलब्ध लोकप्रिय ब्रान्डहरूमा सियाओमी, वानप्लस, सेटाफिल, मिनिमलिस्ट, युनिलिभर, मारिको, नाईक र एडिडास लगायत रहेका छन्। नयाँ दराजमलको डिजाइनमा पर्पल रंगको प्रयोग गरिएको छ। यसले ब्रान्डको नयाँ पहिचानमा विशेष ध्यान दिँदै मौलिकता, नवप्रवर्तन, र उत्साहपूर्ण शपिङ अनुभवलाई प्रतिबिम्बित गरेको छ।
“दराज मलले हाम्रो समग्र व्यावसायिक रणनीतिमा केन्द्रीय भूमिका निर्वाह गर्दै आइरहेको छ। यसमार्फत स्थानीय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्न सक्षम भएका छन्। आजका अनलाइन ग्राहकहरूले सबैभन्दा बढी चाहने कुरा भनेको नै विश्वसनीयता हो। यही भरोसालाई अथेन्टिसिटी ग्यारेन्टी मार्फत अझ सुदृढ बनाउँने उद्देश्य हामीले लिएका छौँ, दराज ग्रुपका प्रमुख वाणिज्य अधिकारी, बेन यीले भने।
दराज मलले मौलिक उत्पादन, आधिकारिक वारेन्टी, र भरपर्दो बिक्रीपछिको सेवाको खोजी गर्ने ग्राहकहरूका लागि निरन्तर सुदृढ अनुभव प्रदान गर्दै आइरहेको छ। यसमा भुक्तानीका लागि विभिन्न विकल्पहरू, बैंक कार्ड अफरहरू, ढोकादेखि ढोकासम्म डेलिभरी, प्राथमिक रिटर्न सेवा, र प्रतिक्रियाशील ग्राहक समर्थन लगायत सुविधाहरु उपलब्ध रहेका छन्। यसले दराजमललाई विश्वसनीय अनलाइन ब्रान्ड गन्तव्यका रूपमा स्थापित हुन उल्लेखनीय भूमिका निर्वाह गरेको छ।
आउँदै गरेको ११.११ मार्फत दराज मलले १ करोड ७० लाखभन्दा बढी ब्रान्डेड उत्पादनहरू सहित ग्राहकहरूका लागि नयाँ र रोमाञ्चक अफरहरू उपलब्ध गराउने तयारी गरेको छ। ३ गुणासम्मको क्याशब्याकसहितको अथेन्टिसिटी ग्यारेन्टी, फ्री डेलिभरीसुविधा सहित विशेष ब्रान्ड अफरहरू जस्तै स् ६०५ सम्म छुट हुने फ्ल्यास भाउचरहरू, २ दिनमै डेलिभरी र १४ दिनसम्म उपलब्ध हुने सहज रिटर्न सुविधा पनि उपलब्ध हुनेछ।
प्रतिक्रिया दिनुहोस !