नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो, कारोबार रकम ५ अर्बमा सीमित

नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन सोमबार ८.२४ अंकले घटेको नेप्से परिसूचक आज २७.६४ अंकले घटेर २५९५.२४ विन्दुमा झरेको हो।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। सोमबार ६ अर्ब ५ करोड मूल्य बराबरको कारोबार भएकोमा आज ५ अर्ब बराबरको सेयर कारोबार भएको छ।

यसदिन ३२२ स्क्रिप्सको १ करोड ३ लाख  ४३ हजार ८९८ कित्ता सेयर ५ अर्ब १५ करोड ७ लाख  ६८ हजार  ९३८ रुपैयाँको कारोबार भयो। २१३ स्टक्सको मूल्य घट्दा ३३ वटाको मात्रै बढ्यो। ३ स्टक्सको मूल्य भने आज स्थिर रह्यो।

माबिलुङ इनर्जी लिमिटेडको सेयर यसदिन सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर ९.२० प्रतिशतले बढ्दा बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको ६.३८ प्रतिशतले बढ्यो।

यसदिन मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।

राधी विद्युतले २२ करोडको सेयर कारोबार गर्दा युनियन हाइड्रोपावर,सिंगटी हाइड्रो इनर्जी र शिवम सिमेन्टले १८/१८ करोडको कारोबार गरे। आज १३ वटै समूहको उपसूचकहरू नकारात्मक देखिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.