नेशनल लाइफले गर्‍यो पुनर्निर्माण कोषमा १ करोड सहयोग

नेशनल लाइफले गर्‍यो पुनर्निर्माण कोषमा १ करोड सहयोग

नेशनल लाइफ इन्स्योरेनसले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। 

गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ रकमको आर्थिक सहयोग गरेको छ। 

उक्त रकम बराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन्। 

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो। प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। 

कम्पनीले यस प्रयोजनको लागि नियामक निकायबाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ। 

                                            


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.