बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ
काठमाडौं : नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन्। एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले शेर्पालाई बहुविवाहको मुद्दामा पक्राउ गरेको बताए। अदालतको फैसला बमोजिम प्रहरीले शेर्पालाई पक्राउ गरिएको एसएसपी थापाले अन्नपूर्णलाई बताए।
'उहाँमाथि बहुविवाहसम्बन्धी मुद्दा चलेको रहेछ। अदालतको फैसला अनुसार उहाँलाई पक्राउ गरेका हौं,' काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी थापाले अन्नपूर्णसँग भने।
बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा कैदसहितको जरिवाना गर्ने फैसला गरेको थियो। जिल्लाको आदेशविरुद्ध उच्च मा पुनरावेदन गरे पनि उच्च अदालत पाटनले जिल्लाको फैसलालाई सदर गरेको थियो।
प्रतिक्रिया दिनुहोस !