झापा महिला गोल्डकप: सिक्किमको सिंग्लिङमाथि एपीएफको गोल वर्षा

झापा महिला गोल्डकप: सिक्किमको सिंग्लिङमाथि एपीएफको गोल वर्षा

झापा : उपाधिका दाबेदार मानिएका विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा सहजै प्रवेश गरेको छ। दर्शकले खचाखच भरिएको शिवसताक्षीको दुधे रंगशालामा मंगलबार भएको खेलमा पाहुना टोली सिक्किमको सिंग्लिङ क्लबलाई ७–० को फराकिलो गोल अन्तरले हराउँदै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। 

अब एपीएफ सेमिफाइनलमा त्रिभुवन आर्मी र आरएस पोखरा फुटबल क्लबको विजेता टोलीसँग खेल्नेछ। नियमित गोलरक्षक एन्जिला तुम्बापो, स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रीति राईको अनुपस्थिति बिना मैदानमा आक्रामक पारी खेलेका एपीएफले सिक्किममाथि गोल वर्षा नै गरे। खेलमा एपीएफका रश्मिकुमारी घिसिङले ह्याट्रिक गरेकी थिइन्। रश्मिले खेलको ३७ औँ, ४३ औँ र दोस्रो हाफको ३८ औं मिनेटमा गोल गरिन्। 

खेलको २९ औँ मिनेटमा सविता राना मगरको गोलमार्फत टिमले अग्रता लियो। त्यसपछि ३८ औँ मिनेटमा अनिता बस्नेतले सरूँ लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन्। पहिलो हाफको इन्ज्युरी समयमा एपीएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो। ४१ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन्। जससँगै पहिलो हाफ एपीएफको पक्षमा ५–० मा समाप्त भयो।

दोस्रो हाफमा पनि एपीएफको आक्रमण रोकिएन। ७१ औँ मिनेटमा सविता राना मगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन्। ८४ औँ मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन्। सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१ औँ मिनेटमा गरेको प्रहार एपीएफकी गोलरक्षक अञ्जना रानाले नियन्त्रण गरिन् भने ८० औँ मिनेटमा वान–भर्सेस–वानको अवसर पनि सुक्रियाले गुमाइन्। खेलकी प्लेयर अफ द म्याच एपीएफकी रश्मि घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। एपीएफका प्रशिक्षक जिबेश पाण्डेले भने, ‘टोलीले योजनाअनुसार खेल खेलेको बताए। खेलाडीहरूले सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरे र योजनाअनुसारको फुटबल देखाए।’ सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले भने हारलाई सिकाइको अवसरका रूपमा लिएको बताइन्। ‘हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गरेर फर्किनेछौँ,’ उनले प्रतिक्रिया दिइन्। 

बुधवार हुने तेस्रो क्वार्टरफाइनलमा संकटा फुटबल क्लब काठमाडौं र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ। त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.