डेडिकेटेड एवं ट्रकलाइन सम्बन्धमा सरकारले मध्यमार्गी प्रस्तावमा सहमति जनायो : अध्यक्ष ढकाल

डेडिकेटेड एवं ट्रकलाइन सम्बन्धमा सरकारले मध्यमार्गी प्रस्तावमा सहमति जनायो : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड एवं ट्रकलाइन विवाद समाधानमा आफूहरूको मध्यमार्गी प्रस्तावमा सरकारले सहमति जनाएको बताएका छन्।

डेडिकेटेड एवं ट्रकलाइनका सम्बन्धमा उद्योगीहरूले बुधबार महासंघमा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले डेडिकेटेड फिडर र टंकलाइनको शुल्कसम्बन्धी विवादको मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री सुशीला कार्कीले सहमति जनाएको बताएका हुन्।

उद्योगीहरूले विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रूपमा नभइ विवादित रकम मानी धरौटीका रूपमा बुझाउने सहमति भएको उनले बताए।

त्यस्तै ढकालले धरौटी रकम बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोडिने र उद्योगीहरू पुनरावलोकनमा जानेसँगै अन्य कानुनी उपचार पनि खोज्नसक्ने उल्लेख गरे। पत्रकार सम्मेलनमा उद्योगीहरूले आफूहरूले बुझाइएको रकमलाई विवादीत धरौटीका रूपमा स्पष्ट स्वीकार गरिएको लिखित प्रमाणपत्र जारी गर्नुपर्ने माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.