गाउँमा स्वास्थ्य इकाई केन्द्र सञ्चालन

गाउँमा स्वास्थ्य इकाई केन्द्र सञ्चालन

नुवाकोट : बिरामी तथा सर्वसाधारणको सुविधाका लागि नुवाकोटको दक्षिणी भेगमा रहेको फिर्केप कोटमा स्वास्थ्य इकाई केन्द्र सञ्चालन गरिएको छ। विस्तारित स्वास्थ्य इकाई केन्द्रको विशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ। तारकेश्वर गाउँपालिका-६ को फिर्केपकोटमा विस्तारित स्वास्थ्य इकाई केन्द्रको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गरे।

तारकेश्वर गाउँपालिका अध्यक्ष अधिकारीले तारकेश्वरको कुनामा रहेको यस स्वास्थ्य केन्द्रको सेवा चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए। उनले विद्यमान स्वास्थ्य केन्द्रहरूबाट टाढा रहेका र स्वास्थ्य सेवाको पहुँचबाट कोल्टे परेका गाउँहरूमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अन्तर्गत उक्त स्वास्थ्य इकाई केन्द्र सञ्चालन गरिएको बताए। 

अध्यक्ष अधिकारीले सामान्य उपचार र सिटामोलका लागि समेत घण्टौं टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जनाउँदै विस्तारित केन्द्रबाट नियमित सेवा सुरु भएको र स्थानीय आवश्यकता बुझेर नियमित र गुणस्तरीय सेवा दिन र जनगुनासो नआउने गरी काम गर्न केन्द्रका स्वास्थ्यकर्मीलाई निर्देशन दिए। उनले स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले जथाभावी विद्यामा नबस्न र बस्नै परे अग्रिम रूपमा जानकारी गराइ वैकल्पिक व्यवस्था मिलाएर मात्रै विद्यामा बस्न आग्रह गरे। 

साँढे तीन वर्षको अवधिमा तारकेश्वरमा विस्तार भएको सो सातौं स्वास्थ्य इकाई केन्द्र हो। तारकेश्वर गाउँपालिकामा पहिलेदेखि नै एक आयुर्वेदिक सहित ८ वटा स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। थप गरिएका ७ वटा केन्द्र समेत हाल १५ वटा केन्द्रबाट सेवा प्रवाह भइरहेको छ। तारकेश्वर नुवाकोटको पर्यटकीय स्थान रहेको गाउँपालिका हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.