माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबिच आज एकता घोषणा हुँदै, मुख्य दलमा फुट

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबिच आज एकता घोषणा हुँदै, मुख्य दलमा फुट

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ८ दलबिच आज एकता घोषणा गर्दैछन्। काठमाडौंको भृकुटीमण्डपबाट आज दिउँसो १ बजे एकता घोषणा हुनेछ। 

घोषणा सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ८ दलका अध्यक्षहरूले आइतबार सहमति पत्रमा हस्ताक्षर गरेका थिए। पार्टी नाम उल्लेख नगरेपनि चुनाव चिन्ह तारा राख्ने सहमति भएको छ। तर जसपा नेपालले आफ्नो पार्टीको चिन्ह राखेको भन्दै मंगलबार विज्ञप्तिमार्फत आपत्ति जनाएको छ।

 पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ तर आधिकारिक नाम सार्वजनिक भएको छैन। यता देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले भने ३ बुँदे सहमति गर्दै पार्टीलाई नेकपा (माओवादी केन्द्र) समाहित गराइसकेका छन्।

एकताको तयारीले भने एकीकृत समाजवादी र माओवादी केन्द्र भने फुटेका छन्। एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा र राम कार्कीसमूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । महाधिवेशन टार्न र नेतृत्वमा कायमै रहन प्रचण्डले एकताको ‘नाटक’ रचेको भन्दै जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरूले छुट्टै पार्टीको घोषणा गरेका छन्।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री लगायतले असन्तुष्ट जनाउँदै एकतामा नजाने घोषणा गरेका छन्।

माओवादी फेरि फुट्यो
१० वर्षे जनयुद्धको रापतापबाट खुला राजनीतिमा आएको माओवादी केन्द्र फेरि फुटेको छ। शक्ति आर्जन गर्न प्रचण्ड लाग्दा माओवादीबाट जनार्दन शर्माको समूहले विद्रोह गरेको छ। नेकपा एकीकृत समाजवादीलगायत ८ दलसँग एकता गर्ने पूर्वसध्यामा नेकपा माओवादी केन्द्र फुटेको हो।null

पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले माओवादी पार्टी परित्याग गर्दै ‘प्रगतिशील अभियान नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै नेता शर्माको समूहले माओवादी पार्टीबाट अलग भएको बताएका छन्। महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्डसँग दुई वर्षदेखि नेता शर्माले पार्टीको नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टी संगठन पुनर्गठनका लागि संघर्ष गर्दै आएका थिए।

नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ राजनीतिक ध्रुवीकरणको घोषणा गर्दै माओवादी जनार्दन शर्मा, राम कार्कीलगायतले ‘प्रचण्ड’ सँगको चार दशकको राजनीतिक यात्राबाट ‘डिभोर्स’ लिएका छन्। प्रचण्ड २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनसँग खुला राजनीतिमा आएपछिका दिनमा झन्–झन् कमजोर बन्दै गएका छन्। यसअघि बाबुराम भट्टराई, मोहन वैध (किरण), नेत्रचन्द विप्लवलगायत नेताहरूले माओवादीबाट विद्रोह गर्दै साथ छाडेका थिए। प्रचण्डले २०७५ सालमा नेकपा एमालेसंग पार्टी एकता गरेका थिए। सत्ता लुलुपत्ताका कारण एमाले र माओवादी मिलेर बनेको नेकपा फुटेको थियो। 

एकीकृत समाजवादी तीन टुक्रा 
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी तीन टुक्रामा विभाजित भएको छ। पार्टी अध्यक्ष नेपालको नेतृत्वमा केही नेताहरू माओवादी केन्द्रसँग पार्टी एकता गर्दै छन्। तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले छुट्टै पार्टी गठन गर्ने घोषणा गरेका छन। रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्मरबहादुर थापालगायतका केही नेताहरू एमालेमै फर्किने तयारीमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.