रवि र छविको मुद्दामा मुल मिसिल झिकाउन उच्च अदालतको आदेश

रवि र छविको मुद्दामा मुल मिसिल झिकाउन उच्च अदालतको आदेश

भैरहवा : रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मुल मिसिल झिकाउने आदेश भएको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

'जिल्ला अदालत रुपन्देहीबाट मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश भएको छ,'उनले भने,'जिल्लाबाट मिसिल प्राप्त भएपछि निवेदनमाथि सुनुवाइ अघि बढ्छ ।'

उक्त मुद्दाको गत कार्तिक १३ गते पनि पेशी चढेको थियो। तर, जोशीका कानुन व्यवसायीको निवेदनले सुनुवाइ स्थगित भएको थियो । अदालतले एउटै प्रकृतिको मुद्दा भएकोले रवि र छविको मुद्दा एकैसाथ राख्न यस अघि आदेश गरेको थियो । लामिछाने सहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ ।

लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

छविलाल जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो।

बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएकोमा अदालतले दुवै मुद्दा साथै राख्ने आदेश गरेको थियो । लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.