भन्सार छलेर ल्याएका ३१ थान आईफोन बरामद

भन्सार छलेर ल्याएका ३१ थान आईफोन बरामद

बुटवल : भारतीय सिमानाकाबाट भन्सार छलेर ल्याएका विभिन्न मोडलका ३१ थान आईफोन प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ स्थित सखवानीबाट आईफोन बरामद गरेको हो। 

बरामद गरिएका फोन आवश्यक प्रक्रिया पुरा गरी भन्सार कार्यालय बेलहिया पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। ३१ थान आईफोनको बजार मूल्य १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको उनले बताए। 

प्रहरीका अनुसार आई फोन ११, १३, १५, १७, एक्सआर, एक्स लगायत मोडलका फोनहरु बरामद गरिएको छ। त्यस्तै, प्रहरीले भन्सार छलेर ल्याएका ८७ हजार २ सय ४० रुपैयाँ बराबरको विभिन्न कपडाहरू समेत बरामद गरेको डिएसपी रानाले जानकारी दिए।   

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.