दाइसँगै खेल्न गएकी बहिनी दुई दिनपछि खोलामा मृत भेटिइन्
कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाउँपालिका- १ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको छ । बालिकाको शव घर देखि ३ किलो मिटर दक्षिण मायादेबी गाउँपालिका- १ र सुद्धोधन गाउँपालिका- ६ को सिमामा पर्ने मर्थी खोलमा फेला परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
आफ्नो ५ वर्षीया दाइसँग घरबाट खेल्न बाहिर निस्किएकी अमित कुमार ओझाको दुई वर्षीया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजेदेखि हराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !