६ वर्ष बाँझिएपछि बन्दीपुरे साहुकै भयो कसेरीफाँट
‘२०३८ सालदेखि मोहियाले गरिखाएका थिए। २०५२ सालमा माओवादी आए। दाइँ गर्ने दिनमा खलोमा बन्दुक बोकेर माओवादी आए। खलोमा चारैतिर झण्डा गाडे। बन्दुक तेर्स्याएर खलो घेरा हाले’, माओवादीले कब्जा गरेको दिनको घटना स्मरण गर्दै स्थानीय मनकुमारी नेपालीले भनिन्, ‘खलोको धान उनीहरूले नै आधा–आधा भाग लगाए। आधा तिमीहरू लगेर भकारीमा हाल भने। साहुले पाउने भाग जति उनीहरूले बोकेर लगे। आँपपीपल, हर्मी, लेख–लेखदेखिका माओवादी आएर बोकेर लगे।’ माओवादीको डरत्रासले जग्गाधनीहरू त्यहाँ आउनै नसकेको उनले बताइन्।
गोरखा : पालुङ्टार नगरपालिका— ६ कसेरीफाँट विगत ६ वर्षदेखि बाँझै छ। १८ सय मुरी धान फल्ने एक हजार रोपनी क्षेत्रफल रहेको कसेरीफाँट विगत ६ वर्षदेखि बाँझै रहेको स्थानीय सोमबहादुर नेपालीले जानकारी दिए। सिँचाइ आयोजना क्षतिग्रस्त भएपछि उक्त जग्गा बाँझिएको नेपालीले जानकारी दिए।
‘यो सबै खेत बडहरे खोलाबाट बाँध बाँधेर सिँचाइ गरिएको थियो। ६ वर्षअघिको ठूलो बाढी, पहिरोले कुलो लगिदियो’, नेपालीले भने, ‘यति ठूलो क्षति ग¥यो कि, किसानले फेरि कुलो बनाएर पानी चलाउन सकेनन्। नगरपालिकाको बजेटले पनि बनाउन नसक्ने भयो। सरकारलाई गुहार गर्न पहुँच पुगेन। त्यसैले बाँझै छाडियो।’ जग्गा बाँझिएपछि यहाँ गरिखाने ६५ जना किसानले हातमुख जोर्न अरू नै विकल्प खोजेको उनले बताए।
लामो समयसम्म जग्गा बाँझिएपछि कसेरीफाँटको इतिहास पनि बदलिएको छ। तीन खेती लाग्ने कसेरीफाँटको एक हजार रोपनी जग्गा बन्दीपुरे साहुको नाममा थियो। स्थानीय ६५ जना किसानले अधियाँ गरी खाएका थिए। सुरुमा ३९ जना मोहियाले कमाएका सो खेतको मोही अहिले ६५ जना पुगेका छन्। जग्गाधनीले हेरालुको जिम्मा स्थानीय ईश्वर नेपालीलाई दिएका थिए। २०५२ सालमा माओवादी विद्रोह सुरु भएपछि यहाँको आम्दानीमध्ये आधा मोहियाले लगे, जग्गाधनीले पाउने आधा आम्दानी भने माओवादी नेता, कार्यकर्ताले कब्जा गरे। माओवादी शान्ति प्रक्रियामा नआउञ्जेल यही क्रम चलेको स्थानीयवासी बताउँछन्।
‘२०३८ सालदेखि मोहियाले गरि खाएका थिए। २०५२ सालमा माओवादी आए। दाइँ गर्ने दिनमा खलोमा बन्दुक बोकेर माओवादी आए। खलोमा चारैतिर झण्डा गाडे। बन्दुक तेर्स्याएर खलो घेरा हाले’, माओवादीले कब्जा गरेको दिनको घटना स्मरण गर्दै स्थानीय मनकुमारी नेपालीले भनिन्, ‘खलोको धान उनीहरूले नै आधा–आधा भाग लगाए। आधा तिमीहरू लगेर भकारीमा हाल भने। साहुले पाउने भाग जति उनीहरूले बोकेर लगे। आँपपीपल, हर्मी, लेख–लेखदेखिका माओवादी आएर बोकेर लगे।’ माओवादीको डरत्रासले जग्गाधनीहरू त्यहाँ आउनै नसकेको उनले बताइन्।
किसानले माओवादी बोलाएर जग्गा कब्जा गरेको आरोप लगाएर साहुले मोहियाका नाइकेविरुद्ध उजुरी गरे। नाइके पाँच जनाले जेल सजाय पनि पाए। तर मुद्दा किसानले जिते। ‘माओवादीलाई छेक्न जाँदा हामीलाई बाँधेर खलामा लडाएर धान कब्जा गरेर लगे। माओवादीबाट नि हामी नै पीडित, सरकारबाट पनि हामी नै पीडित’, मनकुमारी भन्छिन्, ‘हामी निर्दोष थियौं। त्यसैले मुद्दा पनि हामीले नै जित्यौँ।’
शान्ति प्रक्रियामा आएपछि माओवादीले यहाँको धान लैजान छाडे। ‘२०६३ सालपछि पनि जग्गाधनी आउन सकेनन्। त्यसपछि हामीले खेती गर्ने र धान बेचेर पैसा साहुजीलाई दिन थाल्यौं’, अर्का स्थानीय मोहिया मीनबहादुर नेपाली भन्छन्, ‘सबै किसानलाई समेट्ने, धान बेचेको पैसा बुझ्ने साहुजीलाई बुझाउने जिम्मा ईश्वर नेपालीले लिँदै आएका थिए।’ तर विगत ६ वर्षदेखि यो क्रम पनि रोकिएको उनको भनाइ छ। माओवादीको कब्जामुक्त भएको सो जग्गा अहिले जग्गाधनी बन्दीपुरे साहुले एकल स्वामित्व बनाएका छन्। ‘किसानहरूलाई जग्गाको खुद मूल्यको एक तिहाइ दिएर जग्गाधनी आफैंले जग्गा लिएका छन्’, सो जग्गाको रेखदेख गर्दै आएका ईश्वर नेपाली भन्छन्, ‘२०३८ सालदेखि खेती गर्दै आएका मोहीहरूलाई उनीहरूले कमाउँदै आएको जग्गाको मूल्य गरेर त्यसको एक तिहाइ मूल्य किसानलाई दिएर आफ्नो नाममा एक्लौटी गरेका छन्।’
यही वर्षदेखि सबै मोहीले पैसा बुझेर जग्गा साहुलाई नै सुम्पिएका उनले बताए। चार जनाले भने आफूले गर्दै आएको जग्गाको एकतिहाइ जग्गा नै दाबी गरेकाले रकम लेनदेन नभएको उनले बताए। कसेरीफाँटको सो जग्गा आफ्ना चार पुस्तादेखि कमाउँदै आएको ईश्वर नेपालीको भनाइ छ। उनका अनुसार १९९५ सालदेखि सो जग्गा स्थ
प्रतिक्रिया दिनुहोस !