मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

जनकपुरधाम :  मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अर्जुन साहले मधेश प्रदेशमा गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् । 

संसदमा विश्वासको मत नलिइ मुख्यमन्त्रीबाट  राजीनामा दिएकाले फेरि पनि धारा १६८ को उपधारा (२) नै आकर्षित हुने र सरकार बन्ने अवस्था हुँदाहुँदै धारा १६८ (३) मा गएर असंवैधानिक मुख्यमन्त्रीमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख छ । 

यसैगरी रक्कीप्रसाद साह र सुजित यादवले समेत पनि सर्वोच्चमा रिट दायर गरेका छन् । उनले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ । भोलिलाई पेशी तोकिएको छ।

मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.