मधेश सरकार गठन विवाद : न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ हुँदै

मधेश सरकार गठन विवाद :  न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ हुँदै

जनकपुरधाम :  मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

रक्कीप्रसाद साह र सुजित यादव समेतले गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेको र त्यसलाई खारेजु गर्नुपर्ने माग दावी गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई रिटमा विपक्षी बनाइएको छ। संविधानको धारा १६८ को उपधारा (२) जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ 

मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी हुन्।

तर, मधेश प्रदेशको मुख्यमन्त्रीमा यादवको नियुक्ति र शपथ विवादमा परेपछि प्रदेश प्रमुख भण्डारी पदमुक्त भएकी  छन्। मन्त्रिपरिषद बैठकले सोमबार  भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले मधेशको प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि सिफारिस गरेको छ। बिरामी भएको निहुँ पारेर जनकपुरबाट काठमाडौं हिँडेकी प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान सिन्धुलीको एक होटलमा नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.