टयाक्टर दुर्घटनामा चालकको मृत्यु, अर्का एक घाइते

टयाक्टर दुर्घटनामा चालकको मृत्यु, अर्का एक घाइते

मुगु : सोरु गाउँपालिकाको सोरुकोटाबाट हुम्ला जाँदै गरेको टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन् । सोमबार राति ८ बजेतिर  लु ५ त १२३७ नम्बर टयाक्टर सोरु गाउँपालिका—१ जवालधार भन्ने स्थानमा दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका २८ वर्षीय चालक सुरेश रोकायको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रविराज थपलियाले जानकारी दिए।

उनी बाजुराको गौमुल गाउँपालिका—३ का बासिन्दा  हुन्। अर्का हुम्लाको अदानचुली गाउँपालिकाका-२ का  २८ वर्षीय रेशम भण्डारी घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.