धनुषामा महिलाको विभत्स हत्या, एकजना पक्राउ

धनुषामा महिलाको विभत्स हत्या, एकजना पक्राउ

धनुषा : धनुषामा एक महिलाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरिएको अवस्थामा शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।

उनका अनुसार सोमबार घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा चन्द्रकलाको शव फेला परेको हो । घटनाबारे सोमबार राति ९ बजे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो । 

मृतकले लगाएका सुन-चाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले लुटिएको गहना बरामद गरेको हो । 

घटना पश्चात प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.