राष्ट्रिय सम्पत्तिमाथि क्षति, झण्डा फाल्नु ,कर्मचारी कुट्नु लज्जाको विषय : मुख्यमन्त्री यादव

राष्ट्रिय सम्पत्तिमाथि क्षति, झण्डा फाल्नु ,कर्मचारी कुट्नु लज्जाको विषय : मुख्यमन्त्री यादव
तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गरेका छ्न् । उनले प्रदेशसभाबाट विश्वासको मत मागिसकेको मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा घोषणा गर्नु र  विश्वासको मत पाउन नसक्नुले नै ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मुख्यमन्त्री नियुक्त गर्नु तथा शपथ गराउनु संवैधानिक भएको बताएका हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको आदेश आए नेपाली कांग्रेस नेतृत्वको सरकार स्वीकार गर्न तयार रहेको बताए । मंगलबार जनकपुरधामस्थित पत्रकार सम्मेलनको आयोजना गरी  मुख्यमन्त्री यादवले सर्वोच्च अदालतबाट अप्रत्यासित आदेश आएको खण्डमा कांग्रेसको नेतृत्व स्वीकार गर्न आफू तयार रहेको बताए । 

यादवले आफू पहिला पनि कांग्रेसको नेतृत्वमा सरकार गठनको पक्षमा रहेको भन्दै  कांग्रेस बाहेक अरु दलको नेतृत्व अब स्वीकार गर्न नसकिने उनको भनाइ छ। नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आफ्नो नियुक्ति सम्बन्धमा पार्टी र नेपाली कांग्रेससँग समेत छलफलका लागि काठमाडौं जान लागेको बताए । यादवले आफ्नो नियुक्तिपछि एमाले र कांग्रेसका कार्यवाहक सभापतिले समेत चासो दिएकाले आफ्नो नियुक्तिलगायतको विषयमा छलफलका लागि काठमाडौं जाने बताए । 

निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले विभिन्न पक्षसँग परामर्श गरेर नेपालको संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरेपछि शपथ ग्रहण गराउन प्रदेश प्रमुखलाई दबाब दिएको स्वीकार गरे ।  

पत्रकार सम्मलेनमा बोल्दै उनले आफ्नो नियुक्ति संविधानअनुसार नै भएकाले शपथ ग्रहण नगरेसम्म आफ्नो पद एक्टिभ नहुने भएकाले शपथका लागि दबाब दिएको स्वीकारे ।
यादवले आफूसहित प्रदेशसभामा रहेको १० वटै दल तथा विभिन्न कानुनका जानकारसँग छलफल गरेरै प्रदेश प्रमुख भण्डारीले आफूलाई नियुक्त गरेको भन्दै यो संविधान विपरित नभएको दावी गरे । 

मुख्यमन्त्री यादवले अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जलेका कारण त्यहाँ बस्ने अवस्था नभएकाले कार्यभार नसम्हालेको बताए । उनले भने, तोडफोड हुनु लज्जास्पद विषय हो । राष्ट्रिय सम्पतिमाथि क्षति पुर्‍याउनु, झण्डाको अपमान गर्नु, कर्मचारी कुट्नु लज्जाको विषय हो ।'

मुख्यमन्त्री नियुक्ति र शपथप्रति असन्तुष्ट जनाउँदै प्रदेशका सांसद र दलहरूले मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोडका साथै कर्मचारीमाथि हातपात गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.