वीरगन्जमा महिलामाथि चक्कु प्रहार
वीरगन्ज : वीरगन्जमा एक महिलामाथि चक्कु प्रहार भएको छ। बुधबार वीरगन्ज महानगरपालिका– १ चित्रगुप्त टोलकी ४२ वर्षीया नुतन कुमारी कर्णमाथि चक्कु प्रहार भएको हो।
नुतनमाथि रौतहटको गौर नगरपालिका–५ घर भई वीरगन्ज–१ चित्रगुप्त टोलमा बस्ने २५ वर्षीया खुसी कुमारी बर्णवालले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट घाइते भएकी नुतनको नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले जानकारी दिए।
चक्कु प्रहार गर्ने खुशीलाई प्रहरीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखेको प्रहरी निरीक्षक सुवेदीले बताए।घटनाबारेमा अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !