किराना पसलमा गाँजा बेचेको आरोपमा पसले पक्राउ
वीरगन्ज : वीरगन्जको एक किराना पसलबाट लागूऔषध गाँजासहित पसलका सञ्चालक पक्राउ परेका छन्। पसलमा गाँजा बेचेको आरोपमा वीरगन्ज महानगरपालिका–३२ चोर्नीका खेदु महतो धानुकलाई प्रहरीले पक्राउ गरेको हो।
चोर्नीस्थित धानुकको किराना पसलबाट ८ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पसलका सञ्चालक धानुकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !