माओवादी संसदीय दलका नेताको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

माओवादी संसदीय दलका नेताको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकललाई ठक्कर दिएको गाडी । तस्बिर : अन्नपूर्ण

विराटनगर :  नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीले ठक्कर दिँदा मोरङमा मोटरसाइकल चाकलको मृत्यु भएको छ ।  आङ्बोले प्रयोग गर्दै आएको को १ झ ६५० नम्बरको सरकारी गाडीले बिहीबार दिउँसो १२:१५ बजेतिर दुर्घटना गराएको हो । कोशी प्रदेशसभा सचिवालयले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उपलब्ध गराएको गाडी आङ्बोले चढ्दै आएका थिए । 

सरकारी गाडीको ठक्करबाट ग्रामगान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ग्रामथान–५ ककडमाडीमा ठक्कर दिएको थियो । 

तीव्र गतिमा रहेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाएका थिए । विराट नर्सिङमै उपचारका क्रममा दिउँसो ३:१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी चुँडालले बताइन् । माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् ।

उनले प्रतिपक्षी दलको नेताको हैसियतामा सरकारी सवारीसाधन प्रयोग गर्दै आएका थिए । दुर्घटना भएका बेला उनी भने गाडीमा सवार थिएनन् । प्रहरी स्रोतका अनुसार आङ्बोका आफन्तलाई लिनका लागि जाँदै गरेका बेला गाडीले दुर्घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडीले नियन्त्रण गुमाएर दुर्घटना गराएको हो ।  मोटरसाइकल तथा ठक्कर दिने गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.