election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मधेस प्रदेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त

मधेस प्रदेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
फाइल तस्बिर

जनकपुर : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेका हुन्।

पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जनता समाजवादी पार्टी नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, संहासन सा कलवार र सारदा शंकर प्रसाद कलवार रहेका छन्।

उनीहरूलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी कारबाही गरिएको हो। 'मिति २०८२ कात्तिक २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरू प्रदेशसभा सदस्यहरूको स्थान रिक्त भएको व्यहोरा प्रदेशसभा कार्उ सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारी गराइन्छ,' सूचनामा भनिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.